भेरीमा अक्सिजन खपतको ग्राफ : चैतमा ८०, अहिले ४ सय ५ सिलिन्डर


नेपालगन्ज :  कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालमा अक्सिजनको खपत अत्याधिक बढेको भेरी अस्पतालले जनाएको छ ।

चैत २४ को दिन ८० सिलिन्डरको खपत रहेकोमा त्यो माग क्रमश बढ्दै गइ ४ सय ५ प्रतिदिनसम्म सिलिन्डर आपुर्ती भएको देखिन्छ । गत १० दिनको औसत हेर्दा यो माग ३५० को हाराहारीमा छ ।

यस्तो परिस्थितिमा बाँके जिल्ला क्षेत्र नं २ का सांसद तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले आफ्नो निर्वाचन क्षेत्र विकास कोषबाट अक्सिजनको निम्ति रू ५० लाख उपलब्ध गराउने प्रतिबद्धता भएकोमा सो रकम यसैमा खर्च हुने अस्पतालले जनाएको छ ।


आपुर्तीकर्ताबाट प्राप्त भएको बिल भर्पाई अस्पतालले रुजु गरि नेपालगञ्ज उपमहानगरपालिका मार्फत उक्त रकम भुक्तानी हुने प्रक्रियामा रहेको छ ।

साथै अस्पतालको अक्सिजनको नियमित आपुर्तीर्कता जयश ट्रेडर्स र एचओ अक्सिजनले १ महिनासम्म प्रत्येक शनिबार खपत हुने अक्सिजन निशुल्क उपलब्ध गराइरहेको छ ।

प्रकाशित मितिः     २५ बैशाख २०७८, शनिबार २०:२३  |
error: Content is protected !!