बिना बिल रेम्डिसिभिर बेच्ने मेडिकल कलेज भित्रको गौतम बुद्ध फार्मेसीलाई २ लाख जरिवाना


नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज भित्र सन्चालित गौतम बुद्ध नेपालगन्ज फार्मेसीलाई रु २ लाख जरिवाना गरिएको छ ।

२१ भाएल रेम्डिसिभिर बिना बिल बिक्री वितरण गरेको पाइएपछि सोमवार गएको वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले जरिवाना गरेको हो ।

वाणिज्य कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईका अनुसार, चैत्र र बैशाख महिनामा गरि जम्मा ७०७ भाएल रेम्डिसिभिर आएको थियो ।

त्यसमध्ये ३६६ कोहलपुर पठाइएको, २५८ भाइल बिक्री गरिएको, ५१ भाएल हस्पिटल र फार्मेसी स्टाफहरुलाई दिइएको, ११ भाएल स्टक रहेको देखिएको छ ।

तर २१ भाएल रेम्डिसिभिर बिना बिल बिक्रीवितरण गरेको पाइएकोले तत्काल रु २ लाख जरिवाना गरिएको छ ।

प्रकाशित मितिः     २७ बैशाख २०७८, सोमबार २१:१५  |