बाँकेमा बैङ्किङ कसुर मुद्दाका प्रतिवादी पक्राउ, ३ दिन कैद र २ लाख ८० हजार जरिवाना तिर्नुपर्ने


नेपालगन्ज :  जिल्ला प्रहरी कार्यालय बाँकेले बैङ्किङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका ११ बस्ने वर्ष ३८ को विष्णु जिवन धिताल लाई बैङ्किङ मुद्दा पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७७ फागुनको फैसलाले ३ दिन कैद र दुई लाख अस्सी हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी अदालत बुझाएको हो ।

प्रकाशित मितिः     ७ श्रावण २०७८, बिहीबार १५:३७  |