नेपालगन्जमा बढ्यो जग्गाको मूल्य,क बर्गकै जग्गाको न्यूनतम मूल्य प्रति कठ्ठा ७२ लाख


नेपालगन्ज ९ साउन : नेपालगन्ज उपमहानगरपालिकामा जग्गाको न्यूनतम मूल्य बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा क बर्गको सरकारी मूल्यांकन प्रति कठ्ठा रु ६८ लाख ७७ हजार रहेकोमा आव २०७८/७९ का लागि रु ७२ लाख २१ हजार कायम गरिएको छ । सरकारी मूल्यांकनका आधारमा थैली कायम हुने भएपनि चलचल्तीको मूल्य भने कयौं गुणा बढि छ ।


नेपालगन्जमा सुर्खेतरोड,सदरलाइन सडक आसपासका जग्गाहरु क बर्गका रुपमा रहेका छन् । जसको चलनचल्ती मूल्य प्रति कठ्ठा रु ५ करोडसम्म रहेको छ । त्यही पनि जग्गा नै कम भएकाले लामो समयदेखि खरिद विक्री भइरहेको छैन ।

प्रकाशित मितिः     १० श्रावण २०७८, आईतवार ०७:११  |
error: Content is protected !!