भिसिटिएस कार्यान्वयनमा व्यवसायीको लापरवाही, एकैवर्षमा ८३ ढुवानीका साधन कारवाहीमा


नेपालगन्ज १४ साउन :  भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) कार्यान्वयनमा लापरवाही गर्दा व्यवसायीहरु कारवाहीको दायरामा आउन थालेका छन् ।

गत आर्थिक वर्षमा भिसिटिएस अन्र्तगत ८३ ढुवानीका साधनलाई जरिवनामा गरिएको छ । राजश्व अनसन्धान कार्यालय कोहलपुरका अनुसार, आर्थिक वर्ष २०७६ / ७७ मा ११ सय १७ वटा ढुवानीका साधन अनुगमन गरिएकोमा ५६ वटा लाई रु १४ लाख ५० हजार जरिवाना गरिएको थियो । तर गत आर्थिक वर्ष २०७७/७८ मा अनुगमनको संख्या बढेर ४१ सय १० पुगेको छ । ती मध्ये ८३ ढुवानीका साधनलाई रु २३ लाख २५ हजार जरिवाना गरिएको छ ।


भिसिटिएसका बारेमा जानकारी गराउँदा समेत व्यवसायीले लापरवाही गरेको पाइएको छ । राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख राजश्व अनुसन्धान अधिकृत सरोज पोख्रेलले भिसिटिएस प्रणालीका बारेमा थाहा नपाएका व्यवसायीलाई बिभिन्न कार्यक्रम र छलफल मार्फत जानकारी गराउँदै आएको बताउँछन् । तर पनि व्यवसायीमा लापरवाही गर्ने क्रम रोकिएको छैन् ।

प्रकाशित मितिः     १४ श्रावण २०७८, बिहीबार ०६:३०  |
error: Content is protected !!