शहरन्मुख गुर्भाकोटमा हार्डवेयर सम्बन्धी ब्राण्डेड सामानको विक्री शुरु


सुर्खेत १४ साउन :  शहरन्मुख गुर्भाकोटमा हार्डवेयरका ब्राण्डेड सामानको विक्री शुरु भएको छ ।

बिहिवार मेहलकुनामा गंगामाला टे«डिङ्ग कन्र्सनले हार्डवेयर सम्बन्धी सामानको विक्री शुरु गरेसंगै अब गुर्भाकोटमै पनि ब्राण्डेड सामान पाउने भएको हो ।

युवा व्यवसायी प्रमुल पुनले संचालन गरेको उक्त फर्मको एक कार्यक्रमका बीच यसक्षेत्रकै पुराना व्यवसायी नरबहादुर पुनले उद्घाटन गरे । कार्यक्रममा गुर्भाकोटका मेयर हस्त पुन, उपमेयर लगायतको उपस्थिती थियो ।

उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले शहरन्मुख हुँदै जादा गुर्भाकोटलाई आवश्यक पर्ने ब्राण्डेड हार्डवेयर सामाग्रीको अभावपुर्ती हुने बताएका छन् । हेर्नुहोस् तस्विरहरु-

 

प्रकाशित मितिः     १४ श्रावण २०७८, बिहीबार १५:१४  |