बासुदेवपुरमा ‘टुरिजम कलेज–नाथम’ बन्ने निश्चित, पूर्वाधारका लागि रु ३ करोड बिनियोजन


नाथम केन्द्रीय कार्यालय

नेपालगन्ज २५ साउन :  जग्गा विवाद समाधान भएसंगै नेपालगन्ज वडा नं. १९ बसुदेवपुरमा नेपाल एकेडमी अफ, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) कलेजको पूर्वाधार निर्माणको काम अघि बढ्ने भएकोक छ ।

आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले जग्गा विवाद समाधान गरेको हो । कलेज निर्माणमा स्थानीयले अवरोध गरेपछि रोकिएको निर्माण कार्य सर्बदलिय, सर्वपक्षिय छलफलपछि समाधान हुँदा निर्माण कार्य अगाडि बढ्ने भएको हो ।

भौतिक पूर्वाधार निर्माणका लागि चालु आवमा रु ३ करोड बिनियोजन गरिएको छ । कलेज ल्याउन भूमिका खेल्ने नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नाथम कलेज नेपालगन्जमा बन्ने निश्चित भएको बताएका छन् ।

नेपालगञ्ज उपमहानगर वडानं. १९ मा सो कलेज स्थापना गर्नका लागि नेपालगञ्ज उपमहानगरले १ विगाह जग्गा उपलब्ध गराएको भए पनि स्थानीय स्तरमा दुई धार्मिक समुदायले सो जमिनमा आ–आफ्नो धार्मिक प्रयोजनको लागि दाबी गरेपछि बिबाद हुँदा निर्माण कार्य रोकिएको थियो ।

सर्बपक्षिय बैठकले रहेका विबाद तथा अबरोधको समाधान गरी नाथन कलेज निर्माणको लागि बाटो खोलिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।


सो स्थानमा कलेज बन्ने भएपछि स्थानीय हिन्दू समुदाय र मुस्लिम समुदायले आ–आफ्नो धार्मिक प्रयोजनको दाबी गरेपछि कलेज निर्माणमा अबरोध हुँदै आएको थियो ।

नेपालगञ्ज उपमहानगरको बोर्ड बैठकले दुबै समुदायलाई २–२ कठ्ठा जमिन उनीहरुको धार्मिक प्रयोजनको लागि छुट्टाई दिएको भए पनि उनीहरुले नमानेपछि आईतबार भएको छलफलमा साविक ठाँउमा मुस्लिम समुदायलाई ४ कठ्ठा र सोही वडाको बनघुस्रीमा हिन्दू समुदायलाई सोही क्षेत्रफल बराबरको जमिन उपलब्ध गराउने सहमजि जुटेपछि कलेज निर्माणको लागि बाटो खुलेको उनले बताए ।

सो बैठकमा बाँकेका राजनीतिक दलका प्रतिनिधि, लुम्बिनी प्रदेश सभा सदस्य मो याकुव अन्सारी, नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर, सो वडाका वडा अध्यक्ष पर्शुराम बर्मा, स्थानीय धार्मिक अगुवा, नाथन सञ्चालक समितिका सदस्य अच्युत गुरागाई, नागरिक समाजका कृष्णप्रसाद श्रेष्ठ, नाटाका श्रीराम सिग्देललगायतको सहभागिता रहेको थियो । छलफलका सहभागिले कलेज स्थापना गर्ने कार्यमा अवरोध नगर्न सुझव दिएका थिए ।

प्रकाशित मितिः     २५ श्रावण २०७८, सोमबार ०७:०५  |
error: Content is protected !!