एकहप्ताका लागि यतिले ल्यायो ‘सस्तो’ अफर, नेपालगन्ज -काठमाण्डौको भाडादार २५ सय


नेपालगन्ज। यति एयरलाइन्सले काठमाडौंदेखि विभिन्न ६ वटा गन्तव्यका लागि ‘यति सस्तो’ अफर अन्तर्गत न्यून भाडादर कायम गरेको छ । एयरलाइन्सले अगस्ट ८ तारिखदेखि अगस्ट १४ तारिखसम्म लागू हुने गरी अफर ल्याएको हो ।


काठमाडौं–सिमराका लागि प्रतिटिकट १५ सय रुपैयाँ, काठमाडौं–पोखराका लागि प्रतिटिकट १५ सय रुपैयाँ तोकेको छ । त्यसैगरी काठमाडौं–भैरहवाका लागि १८ सय रुपैयाँ, काठमाडौं बिराटनगरका लागि १८ सय रुपैयाँ, काठमाडौं भद्रपुरका लागि १९ सय रुपैयाँ र काठमाडौं–नेपालगञ्जका लागि २५ सय रुपैयाँ भाडादर कायम गरिएको यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले जानकारी दिनुभयो।

उहाँका अनुसार यो अफरको उपयोग गर्नका लागि यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेवसाइटमा गएर टिकट काट्नुपर्ने छ । टिकट काट्दा रोमोकोड प्रयोग गरेपछि अफर अन्तर्गतको सुविधा प्रयोग गर्न पाइनेछ ।

प्रकाशित मितिः     २५ श्रावण २०७८, सोमबार ०६:४३  |
error: Content is protected !!