नेपालगन्ज २ भदौ : साउन १८ गतेबाट बुद्ध एयरले शुरु गरेको नेपालगन्ज–पोखरा उडान अब दैनिक हुने भएको छ । शुरुमा हप्तामा तीन दिन उडान हुँदै आएकोमा हाल पाँच दिन उडान भइरहेको छ ।
आउँदो मंगलवारदेखि दैनिक उडान हुने बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर बिनित विक्रम शाहले बताए । आउने जाने पर्यटक एवं अन्य यात्रुको संख्या बढेसंगै बुद्ध एयर उत्साहित छ । नेपालगन्ज पोखरा घुमघाम सहित अन्य कामका लागि समेत उडान प्रभावकारी सावित भएको छ ।
पर्यटन प्रर्बद्धन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जलाई पर्यटनक्षेत्रको हब बनाउन यो उडान कोशेढुङ्गे सावित हुने बताए ।
पर्यटन प्रर्बद्धनका सक्रिय नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले उडानलाई दिगो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । सिग्देलले दैनिक उडानले उत्साह थपिएको बताउँछन् । होटल व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, नेपालगन्जका अध्यक्ष भिम कँडेल, अग्रज व्यवसायी सन्जय थापाले सबै सहयोगबाट उडानलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।
बुद्ध एयरले उडानसंगै टुर प्याकेज समेत सार्वजनिक गरेको हो । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए ।
नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले जनाएको छ ।
भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ ।
यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँके शाखाले गण्डकी शाखाको सहकार्यमा सुरुवातमा चार्टड उडान सुरु भएकोमा अबदेखि नियमित उडान सुरु हुन लागेको हो ।
नेपालगञ्ज–पोखरा उडान नियमित भएपछि भारतीय पर्यटक नेपालगञ्ज हुँदै पोखरा सम्म जान सहज हुने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ, नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भने,– यसबाट नेपालगञ्जको आर्थिक विकासमा समेत सहयोग पुग्नेछ ।
बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ । योजना रु १० हजार ९ सय ९९ बाट शुरु हुन्छ । त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना रु १३ हजर ४ सय ९९ बाट शुरु भएको छ ।