नेपालगन्ज १८ भदौ : बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । नेपालगन्ज एयरपोर्टबाट सुनसहित ती दुई पुरुषलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा बाँके प्रहरीले निष्पक्ष छानविन गरिरहेको एसपी श्याम प्रसाद अधिकारीले बताए । साँझ जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा एसपी अधिकारीले उक्त घटनाका विषयमा गहन अनुसन्धान भइरहेको जनाए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार श्री एयरमार्फत काठमाडौँबाट नेपालगन्ज आएका दुई जना यात्रुको साथबाट ४ किलो सुन बरामद भएकोछ ।
काठमाण्डौंबाट नेपालगन्ज आएका मोरङ जिल्लाका बुद्धिमान खाती र झापा जिल्लाका आमिर लगुमा विश्वकर्माका साथबाट ४ किलो सुन बरामद भएको थियो ।
पक्राउ परेका खाती र विश्वकर्माले आफूहरुले लगाएको जुत्तामा उक्त सुन लुकाएर ल्याएका थिए । काठमाण्डौंबाट नेपालगन्ज ठूलो परिमाणमा सुन लगिदै गरेको खबर पाएको प्रहरीले चेकजाँच गर्दा सुन बरामद भएको हो ।
घटना बिबरण:-
आज मिति २०७८।०५।१८ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं २० राझाँ एयरपोर्ट स्थित काठमाण्डौ बाट नेपालगंज आएको श्री एयर लाएन्सको फ्लाईट नं SHA 433 नं को प्लेनबाट १४:०० बजेको समयमा नेपलगंज आएका जिल्ला झापा खादुनावारी गा.बि.स वडा नं. ६ बस्ने अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ लेटाङ गा.वि.स.वडा नं २ बस्ने वर्ष २८ को बुद्दीमान खाती लाई अं.१५:०० बजेको समयमा नेपालगंज विमास्थलको आगमन कक्ष वाहिर पट्टी संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी निजहरुलाई रोकी सोधपुछ तथा तलासी गर्दा अमिल लगुन विश्वकर्माले लगाएको दाँया /वाँया जुत्तामा रहेको सुन जस्तो देखिने २/२ विस्कुट र बुद्धिमान खातीले लगाएको दाँया /वाँया जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने १/१ पिस विस्कुट गरि जम्मा ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) र बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा सो झोला भित्र रहेको सुनको जस्तो देखिने तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम ) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी बरामद गरेको हुदा सो सम्बन्धमा अनुसन्धान भईरहेको छ ।