नेपालगन्जलाई बोलाइरहेछ शुन्दर हुम्लाले !


हुम्लालाई नेपालको स्वीजरल्याण्ड भन्दा फरक पर्दैन । नेपालगन्जबाट सडक यातायातको पहुँच नभएपनि हवाई यातायातको भने सहज पहुँच छ । नेपालगन्ज हुँदै अरु पर्यटक हुम्ला पुगिरहेका बेला नेपालगन्जकै कति मान्छे हुम्ला पुगिरहेका छन् त ? हुम्लाका पर्यटन व्यवसायीहरुले नेपालगन्जबाट पनि आन्तरिक पर्यटक आउने आशा गरेका छन् ।

हुम्ला जिल्लामा मनै लोभ्याउने दृश्यहरु देख्न पाइन्छन्। अझैसम्म पनि यो जिल्ला सडकको राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैन। जोडिने क्रममा छ । यहाँका मानिस आफैँ भारी बोकेर वा चौंरीलाई बोकाएर आफ्नो दैनिक उपभोग्य सामान सदरमुकामबाट गाउँसम्म पुर्याउने गर्छन्।

लिमि उपत्यकाको जाङबाट हल्जी गाउँ हुँदै लाप्चा पुग्न सकिन्छ। वर्षमा निकै थोरै पर्यटक पुग्ने यो गाउँले पर्यटकीय सम्भावना प्रचुर मात्रामा बोके पनि सरकारले त्यो अनुसार प्राथमिकतामा राखेको देखिँदैन।

जाङ हुँदै पुगिने हल्जी गाउँमा रहेको हल्जी गुम्बा एक हजार वर्ष पुरानो मानिन्छ।

लिमि उपत्यकाको हल्जी गाउँबाट मानसरोबर जाँदा लाप्जा भन्ने ठाउँ पुग्नु अघि यस्ता सुख्खा घाँसे मैदान देखिन्छन्, जहाँ खासगरी भारी बोक्ने चौंरी चराइन्छन्।

चीनसँगको सिमानामा जोडिएको लाप्चाबाट मानसरोबर देख्न सकिन्छ। लिमि उपत्कायकाका बासिन्दाका लागि यही ठाउँबाट खाद्यान्न तथा दैनिक उपभोग्य समान ल्याउने गरिन्छ।

हुम्लाबाट तिब्बत जाने नाका मध्यको एक हो हिल्सा। हुम्लाको हिल्सालाई मध्य र सुदुरपश्चिमका बझाङ, बाजुरा लगायतका जिल्लासंग यो सडकले जोड्न लागेको छ।


लिमी उपत्यकाको पदायात्रा गर्दा जिल्लाकै सबैभन्दा अग्लो स्थान न्याला पास पार गरेर ओरालो लागेपछि यो नदी देखिन्छ।

लिमी उपत्यकाबाट सदरमुकाम सीमिकोट फर्कँदै गर्दा तातोपानी क्षेत्रमा थुप्रै यस्ता साना मानेहरु देख्न पाइन्छन्।

हुम्लाको सदरमुकाम सिमिकोटमा अहिले होटललगायत भवनको धमाधम निर्माण भइरहेको छ।

हुम्लाको सदरमुकामबाट एक घण्टाको पैदल यात्रामा पुग्न सकिने बुराउसे गाउँमा पर्यटकलाई सजिलो होस् भनेर होमस्टे सञ्चालन गरिएको छ।

प्रकाशित मितिः     २३ भाद्र २०७८, बुधबार ०८:१३  |
error: Content is protected !!