भत्काइए भेरी अस्पतालका सटर


नेपालगन्ज -शुक्रबार भेरी अस्पतालमा रहेका सटरहरु भत्काउन सुरु गरिएको छ ।

सरकारी अस्पताल परिसरमा अस्पताल फार्मेसीबाहेक कुनैपनि किसिमको औषधिजन्य वस्तुको व्यवसायिक कारोबार गर्न नपाइने नियमअनुसार अस्पतालले संरचना भत्काउन सुरु गरेको हो ।

अस्पतालमा हाल संरचनाहरु भत्काउने काम चलिरहेको अस्पतालका मेसु डा प्रकाश थापाले जनाकारी दिए ।
अस्पतालको परिसमा रहेका निजी मेडिकल एवं अन्य व्यवसाय सन्चालित सटरहरु अस्पतालले बल प्रयोग गरेर खाली गरेको हो ।

अब ती सटरहरु हटाएर अस्पतालाई सौन्दर्य र बाहिरबाट नै अस्पतालको पुरै संरचना देख्न सकिने किसिमले पूर्वाधान निर्माण गर्ने थापाले बताए । देशभरका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले २०६५ सालमा सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेपनि अस्पतालहरुले उक्त परिपत्रको कार्यान्वयन गर्त सकेको थिएन ।

अस अस्पतालले छिटै डिपिआर बनाउने र निर्माण कार्य थालनी गर्ने डा.थापाले बताए ।
अब भने व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर खाली गराउन सफल भएको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।


अस्पतालका परिसमा रहेका ३४ वटासटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा दिएको थियो । एउटा सटरले न्यूनतम १० हजारदेखि २ लाखसम्म भाडा अस्पताललाई बुझाउँदै आएका अस्पतालले जनाएको छ ।
ठूलो लगानीका साथ अस्पतालमा पूर्वाधार बन्ने श्रेष्ठले बताए ।

विशेषगरी दुई सय ४० बेडको भवन निर्माणको लागि आवश्यक पहल सुरु भइसकेको र करिब दुई सय ५० करोड रुपैयाँ बजेटको योजना अस्पतालमा संचालन हुनेक्रममा रहेको उनको भनाइ छ ।

यी सबै योजनाका लागि अस्पताललाई संरचना बनाउन सहज र खुला वातावरण चाहिने भएकोले अहिले उपयुक्त समयमा सटरहरु खाली गराइएको श्रेष्ठको भनाइ छ ।

व्यवसायीहरुले भने रातीको समयमा आएर बलपूर्वक ताल्चा लगाईँदा समानमा क्षति पुगेको गुनासो गरेका छन् ।
यता अस्पतालले भने व्यवसायीहरुलाई दुई महिनाको भाडा छुट र ६ महिनामाभित्र बाँकी भाडा तिर्ने सहुलियत दिएको जनाएको छ ।

प्रकाशित मितिः     १ आश्विन २०७८, शुक्रबार २०:५५  |
error: Content is protected !!