नयाँ पुस्ता नयाँ सोंच : देवांश राणाले खोले मिक्सोलोजी कन्सेप्टमा बार


नेपालगन्ज :  पश्चिम नेपालको हस्पिटालिटी र पर्यटनक्षेत्रलाई देश दुनियामा चिनाउन नेपालगन्जका असित शम्सेर राणाको महत्वपूर्ण भूमिका छ । यिनैले नेपालगन्जमा स्नेहदेखि बर्दियामा रिर्सोटसम्म सन्चालनमा ल्याएसंगै पर्यटकीय गतिबिधिले गति लिएको मानिन्छ ।

त्यति मात्र होइन कैलाश मानसरोवरमा भारतीय पर्यटन भित्रा्उनेदेखि अन्य कयौं नीतिगत बिय सुधारमा राणा परिवारको महत्वपूर्ण भूमिका रह्यो । पश्चिमको पर्यटन उद्योगलाई गति दिन भूमिका खेलेको यिनै राणा परिवारको नयाँ पुस्ताले समेत हस्पिटालिटी बिजनेशमा आफुलाई स्थापित गर्न खोजिरहेका छन् ।

असित र नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाका छोरा देवांश राणाले आफ्नो बुवा आमाले शुरु गरेको बिजनेशलाई नेपालगन्जमा निरन्तरता त दिएकै छन् । अझ त्यसलाई परिस्कृत गरेर लैजान थालेका छन् । देवांशले काठमाण्डौंमा ब्ल्याक बर्ड बार खोलेका छन् । ठमेलमा नयाँ कन्सेप्टको बार खोलेका हुन । अमेरिकामा युवाहरुमाझ लोकप्रिय मिक्सोलोजी कन्सेप्टमा बार सन्चालनमा आइसकेको छ ।


नेपालगन्जकै पहिलो तारे होटलका रुपमा रहेको स्नेह सन्चालन गरिरहेका देवांश हस्पिटालिटी पढेका छ । त्यही पढाई उनले स्वदेशमा उपयोग गरिरहेका छन् । विदेशमा पढेर फर्किएपछि देवांशले नेपालगन्जमा रहेको उनको पुख्र्यौली होटल स्नेहा सम्हाले । भारतको इलाहबाद विश्वविद्यालयबाट बिजनेश म्यानेजमेन्टमा ग्र्याजुएशन गरेपछि उनले त्यहाँ रहेको बिश्वबिख्यात होटल ताज मुम्‍बईमा इन्टर्नशीप समेत गरेका थिए ।

त्यहाँबाट फर्किएर स्नेहा होटल सम्हालेपछि नै उनले ठमेलमा मिक्सोलोजी कन्सेप्टमा बार सन्चालन गर्ने योजना बनाएका हुन । अमेरिकामा कक्टेल रेसिपीको विज्ञानका रुपमा रुपमा चिनिने यो कन्सेप्ट युवा पुस्ता माझ लोकप्रिय छ ।

ठमेलबाट आफनो व्यवसाय शुरु गरेका देवांश आगामी दिनमा देशका अन्य पर्यटकिय शहरमा यसलाई बिस्तार गर्ने योजना बनाइरहेका छन् । भविष्यमा पोखरा, सौराहा जस्ता चर्चित ठाउँमा मिक्सोलोजी कन्सेप्टकै ककटेल बार संचालनमा गरी उनी लागेका छन् । त्यति मात्र होइन राणाले विभिन्न पर्यटकीय गन्तव्यमा होटलको चेन समेत विस्तार गर्ने गरी योजना बुनेका छन् ।

प्रकाशित मितिः     २ आश्विन २०७८, शनिबार ०६:४९  |
error: Content is protected !!