कोभिडले रोकिएको मेयर कप साइकल दौड प्रतियोगिता आइतवार हुँदै


नेपालगन्ज -नेपालगन्ज साइक्लिङ क्लवको आयोजना र नेपालगन्ज नगरपालिकाको मुख्य सहयोगमा मेयर कप साइकल दौड प्रतियोगिताको तेस्रो संस्कार असोज ३ गते संविधान दिवसको अवसर पारेर गर्न लागिएको छ ।

२०७४ सालमा पहिलो संस्कार भएको थियो भने दोश्रो संस्करण २०७५ सालमा भएको थियो, कोभिडका कारण पछिल्लो दुई सकारण हुन सकेको थिएन ।

तराईको प्रमुख सवारी साधनको रुपमा प्रयोग हुने साधारण साइकलको प्रतियोगिता हुने छ भने माउन्टेन बाइकका पनि प्रतियोगिता हुँदै छ । पछिल्लो दुई शृंखला सुर्खेत रोडमा हुँदै आएको मेयर कप उक्त सडकमा हुने घना ट्राफिकका कारण र माउन्टेन बाइकका न्यूनतम मापदण्डको रुपमा प्रयोग हुने साइकल ट्रेलमा हुँदै छ ।

यस पटक एक विधा थप गरिएको छ पछिल्लो दुई श्रृङ्खला साधारण साइकल महिला पुरुष र माउन्टेन बाइक महिला पुरूष मात्र हुँदै आएको मा यस पटक ४५ वर्ष माथि उमेर समूहमा माउटेन् बाइक मास्टर क्याटोगोरीमा पनि रेस हुने छ ।

असोज ३ गते बाँकेको नेपालगन्ज २३ मा रहेको हजरत सामुदायिक वन को झोर ट्रेल मा माउन्टेन बाइकका ३ विद्या को रेस हुने छ भने साधारण साइकल महिला पुरुषको लागि सोही स्थानको नयाँ बस्ती बाट सुर्खेत रोड को ट्राफिक चोक, चौलिका चोक बाले गाँउ हिरीमिनिया हुँदै नया बस्ती सम्मको २५ किलोमीटर को रेस हुने छ भने माउन्टेन बाइकमा महिला र मास्टर समूहको लागि ६ किलोमीटरको ट्रेल लाई ३ ल्याप ( चक्कर) लगाउनु पर्ने छ भने पुरुष इलाइट समूहले ५ ल्याप लगाउनु पर्ने छ ।

कार्यक्रम नेपालगन्ज उप महानगर पालिकाका मेयर धवल समशेर राणाको प्रमुख आतिथ्यमा हुने छ भने उक्त कार्यक्रम लाई, नेपालगन्जको बी बी ग्रुप, अमन ज्वयलरस , हट एण्ड चिल्ली ले सहयोग गर्ने छन् भने दुडुवा गाउँपालिका, नेटवर्क अफ हेलपिङ युथ, बेतहनी, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले सहकार्य गरको छ भने प्राविधिक सहयोग नेपालगन्ज बाइसाइकलले गरेको छ ।

प्रकाशित मितिः     २ आश्विन २०७८, शनिबार ०७:०३  |