यी हुन बाँकेका पर्यटकीय गन्तव्य


नेपालगन्ज– आज बिश्व पर्यटन दिवश । बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । पर्यटनको पश्चिमक्षेत्रको मुख्य प्रवेशद्धार नेपालगन्जमा समेत पर्यटन दिवश स्मरण गराइएको छ ।

पश्चिमका सबै जसो पर्यटकीयस्थलमा पुग्ने ट्रान्जिटकारुपमा नेपालगन्जलाई हेरिने गरिएपनि यो आफैमा पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै छ । बाँके निकुञ्ज पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्दै छ भने निजीक्षेत्रबाट निर्माण भएका फनपार्कहरुले घरेलु पर्यटकलाई तानिरहेका छन् । भ्यू टावर, नेपालगन्जमा निर्माण भएका वाटरपार्क, कान्तीताल, रानी तलाउ, धार्मिक पर्यटनका रुपमा बाबा बरफानी, सन्तानेश्वर महादेवको मन्दिर उत्कृष्ट बनिरहेका छन् ।

यि बाहेक पर्यटन बोर्डले आफ््नो पर्यटन प्रोफाईलमा अन्य कयौं ठुला पर्यटकीय गन्तव्य समावेश गरेको छ । उक्त पर्यटन प्रोपाईलमा बाँके निकुञ्ज, बागेश्वरी मन्दिर, गाभर होमस्टेलाई सूचीकृत गरिएको छ ।

प्रकाशित मितिः     ११ आश्विन २०७८, सोमबार १२:०७  |