नेपालगन्ज – बिश्व पर्यटन दिवशको अवसर पारेर कैलाश मानसरोवर जाने पर्यटकलाई नेपालगन्जको जमुनाह नाकामा स्वागत गरिएको छ । पर्यटनक्षेत्रमा सक्रिय अगुवाहरुले भारतको गुजरात र मुम्बईबाट आएका पर्यटकलाई खाता र अबिर लगाएर सोमवार स्वागत गरेका हुन ।
पर्यटन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रबन्धक केशब न्यौपाने, मेरो प्लानेट फनपार्कका डा. ओम मिश्रले पर्यटकलाई स्वागत गरे । त्यसै होटल सिद्धार्थ भ्यूमा पनि पर्यटकलाई स्वागत गरिएको छ ।
पश्चिम नेपालको हुम्ला हुँदै चीनको तिब्बतस्थित कैलाश मानसरोवरको भ्रमण गर्ने पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ। उक्त यात्राका क्रममा निक्कै मनमोहक दृश्यहरू देखिन्छन्। त्यही पुग्न नेपालगन्जको बाटो तताउनुपर्छ । नेपलागन्ज यतिबेला कैलाश जाने बाटोनको रुपमा परिचित छ ।
चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ पर्यटकले भ्रमण गर्ने गरेका छन्।
फाईल फोटो : कृष्ण अधिकारी
नेपालको बाटो हुँदै अघिल्लो वर्ष १२ हजार पर्यटकले कैलाश मानसरोवरको भ्रमण गरेका थिए। यो वर्ष ६ हजारले त्यहाँको भ्रमण गरिसकेको बताइन्छ।
उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले कैलाश मानसरोवरको पदयात्रालाई चुनौतीपूर्ण समेत भन्ने गरिन्छ।
हिन्दू धर्ममा शिवको वासस्थान भनिने कैलाश समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा रहेको छ।
विभिन्न हिन्दू धर्म ग्रन्थमा कैलाश मानसरोवरको चर्चा गरिएको छ। कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
कैलाश मानसरोवर यात्राका लागि मुख्यतया तीनवटा मार्ग बढी प्रयोग गरिन्छन्। एउटा चल्तीको रूट पश्चिम नेपालबाट शुरू हुन्छ।
वैशाखदेखि असार कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ। असोज महिनासम्म पनि त्यहाँ जाने पर्यटकहरूको चहलपहल देखिन्छ।
कैलाश मानसरोवर पुग्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास कैयौँ तीर्थयात्रीमा पाइन्छ। मानसरोवरमा स्नान गर्ने र कैलाशको परिक्रमा गर्ने उद्देश्य यस्ता धर्मावलम्बीहरूको हुने गर्छ।
कैलाश मानसरोवर जाने अधिकांश पर्यटक भारतीय छन्। उनीहरू काठमाण्डूबाट शुरूमा नेपालगञ्ज पुग्छन् र प्रायस् एक रात बिताउँछन्।
नेपालगञ्जबाट ४५ मिनेटको हवाई यात्रापछि उनीहरू हुम्लाको सिमिकोट पुग्छन् जहाँ उनीहरूलाई सानो हेलिकप्टरहरूले पर्खिरहेका हुन्छन्।
सिमिकोटबाट उनीहरू सीमावर्ती हिल्सा पुग्छन् जहाँबाट उनीहरू मोटरबाटोबाट ताक्लाकोटतर्फ लाग्छन्। त्यहाँबाट कैलाश मानसरोवरको वास्तविक यात्रा शुरू हुन्छ।
चीनको तिब्बतमा पर्ने ताक्लाकोटबाट कैलाश मानसरोवर पुगेर पुनस् त्यहाँ फर्कदा पर्यटकरूले एक हप्ता लामो मन लोभ्याउने एउटा भ्रमण पुरा गरिसकेका हुन्छन्।