नेपालगन्ज ः-दक्ष नेचर गाइड उत्पादनको लक्ष्य सहित बाँकेको गाभरमा प्रशिक्षण शुरु गरिएको छ ।
बुधवारदेखि शुरु भएको सात प्रशिक्षणमा बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइडहरु सहभागि छन् । पर्यटकलाई कसरी निकुञ्जमा घुमाउने भन्ने बिषयमा दक्ष बिज्ञहरुले प्रशिक्षण दिइरहेका छन् ।
दक्ष नेचर गाइडको अभाव अन्त्य गर्न प्रशिक्षण प्रभावकारी हुने आशा गरिएको छ । प्रकृती संरक्षण र पर्यापर्यटनमा सघाउँदै आएको जेडएसएल संस्थाको सहयोगमा प्रशिक्षण भइरहेको हो ।
पंन्छि बिशेषज्ञ राम शाही, घडियाल गोही बिशेषज्ञ बेद बहादुर खड्काले प्रशिक्षण दिइरहेका छन् । मध्यवर्ती क्षेत्रका युवाहरु प्रशिक्षणमा सहभागि छन् । तालिमले पर्यापर्यटनमा सघाउने होमस्टे अभियानता कृष्ण चौधरी बताउँछन् ।