पदभारग्रहण पछि एमाले बाँके अध्यक्ष कक्षपति-निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिन्छौं


नेपालगन्ज- एमाले बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्दै निर्वाचन तयारीमा होमिने घोषणा गरेको छ । बिहीबार जिल्ला पार्टी कार्यालय परिसरमा आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित १ सय २० सदस्यीय जिल्ला कमिटिले निर्वाचनको तयारीमा जनतामाझ जाने घोषणा गरेको हो ।

‘आम जनताका मागलाई मध्यनजर कोरोनाबाट थलिएका जनताको घाउमा मल्हम लगाउने गरी जनतामाझ नवनिर्वाचित कार्यसमिति जिल्लाव्यापी रुपमा सक्रिय हुनेछ’, सपथसँगै पदभार ग्रहण गरेपछि एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने, ‘समृद्ध मुलुक निर्माणको अभियानमा लागेको एमालेलाई चौतर्फी घेराबन्दी गरिरहेको गठबन्धन सरकारले गरेको जनविरोधी क्रियाकलापलाई चिर्न जनतामाझ जान जरुरी छ ।’


नेकपा एमालेका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सुर्य ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन संयोजक तेज प्रसाद धिताल, विकास आचार्य, प्रभात सिंह ठकुरी, भेषराज बस्नेत, हलिम शाह लगायतका निर्वाचन समितिका सदस्यले नवनिर्वाचितहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । पार्टी केन्द्रीय सदस्य समेत रहेका जिल्ला सहइन्चार्ज मो. हारुन, केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, शान्ति ढकाल, दिपा शर्मा, पूर्व मन्त्री आरती पौडेल लगायतले कार्यक्रममा एमालेका आगामी कदमहरुबारे नवनिर्वाचितहरुलाई प्रकाश पारेका थिए ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कक्षपतिले निवर्तमान अध्यक्ष समेत रहेका निरक गुरुङ्गलाई पदभार अघि दोसल्ला ओढाएर सम्मान गरे । कक्षपतिलाई सर्वसम्मत बनाउन आफ्नो उम्मेदवारी फिर्ता लिएका गुरुङ्गले आफ्नो नेतृत्वमा ८१ वटै वडामा सर्वसम्मत नेतृत्व चयनको अभियान थालिएकाले जिल्ला नेतृत्व पनि सोही बमोजिम भएकोमा आफु खुशी भएको प्रतिक्रिया दिए । ‘म जिल्ला नेतृत्वसँग काँधमा काँध मिलाएर पार्टी अभियानमा सक्रिय हुनेछु’, गुरुङले भने ।

निर्वाचन संयोजक धितालले अध्यक्ष कक्षपतिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएपछि अध्यक्षले पदाधिकारी सहित जिल्ला कमिटिलाई सामूहिक सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मितिः     ३० पुष २०७८, शुक्रबार ०९:५४  |
error: Content is protected !!