खजुरा खानेपानी चुनाव : सतिश निरौला प्यानलका यस्ता छन् ११ बुँदे प्रतिवद्धता


बाँके, माघ २७ । बाँकेको खजुरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितीको माघ २९ गते हुने निर्वाचनका लागि सतिश निरौला नेतृत्वको समावेशी – साझा समूहले खानेपानी सुधारका लागि ११ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।

प्रतिवद्धताको पहिलो बुँदामा खजुराबजारको मुख्य सडकमा देखिएको पाइपलाइ ब्यवस्थापन समस्याको तत्काल समाधान गरिने उल्लेख गरिएको छ । थप २ वटा बोरिङका लागी यही आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने गरि काम गर्न पहल गरिने, खजुराका मुख्य- मुख्य सार्वजनिक स्थलमा सस्तो र सर्वसुलभ खानेपानी स्टेशन निर्माण गरि संचालनमा ल्याइने, खानेपानी अर्को मुख्य पाटो सरसफाइ समेत भएको हुँदा वडा न ३,४ र ५ मा सरसफाइको कामको जिम्मेवारी लिइ त्यसको उपयुक्त ब्यवस्थापन को लागी स्थानीय सरकार सङ्ग समन्वय गरि काम शुरु गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

यसैगरी सस्थामा सोलार सिस्टम जडान गरिएपनी त्यो अलपत्र र प्रयोग बिहिन भएकाले सोलार सिस्टमलाई प्रयोगमा ल्याइ सस्थाको विद्युतिय शुल्क घटाइने, हालसम्म बिस्तार गरिएका पाइपलाइन र त्यसबाट प्रयोग भैरहेको धारामा समय तालीका अनुसारको कुनै बाधा ब्यवधान बिना पानी आपूर्ति गरिने, सस्थाले आफ्नो उपभोक्ताको लागी सस्तो मुल्यमा जारको पानी उत्पादन गरि सदस्य उपभोक्ता र सर्वसाधारण लाई शुद्ध पिउने पानीको ब्यवस्थापन गरिने, सस्था मार्फत थप दक्ष जनशक्ति बिकास गर्न खजुराबासीलाई प्लम्बिङ्ग र इलेक्ट्रीसियन सम्बन्धि तालिम का लागी खजुरा गाउँपालीका सङ्ग सहकार्यको प्रस्ताव गरिने प्रतिवद्धतामा जनाइएको छ ।

यसैगरी सस्थाको नयाँ प्रशासनिक भवन र गोदाम घर निर्माण गरिने, सस्थाको आर्थिक पारदर्शिता कायम गरिने, अनावश्यक खर्च कटौती गर्दै सस्थाको आर्थिक पक्षलाई थप चुस्त दुरुस्त बनाइ आर्थिक रूपमा सस्थालाइ बलियो बनाइने र सस्थाको बृहत्तर हित र बिकासका लागी सबै सङ्ग हातेमालो गरेर अगाडि बढिने तथा सस्थाको महसुल बक्यौता शुन्यमा झार्न बिशेष पहल गरिने प्रतिवद्धता ब्यक्त गरिएको निरौलाले बताउनुभयो ।

यसैबीच नेकपा एमाले र राप्रपा गठबन्धनको संयुक्त भेला बिहिवार खजुरा एक नम्बरमा सम्पन्न भएको छ । भेलामा सहभागीहरुले निरौला नेतृत्वको प्यानल सक्षम, योग्य र उपभोक्तामाझ लोकप्रिय भएका कारण विजय सुनिश्चित भएको दावी गर्नुभयो । बिहिवार विहानैदेखि राती उपभोक्ता माझ घरदैलो गरिएको सदस्य पदका उम्मेदवार किरणकुमार क्षेत्रीय जानकारी दिनुभयो ।

प्रकाशित मितिः     २७ माघ २०७८, बिहीबार १८:५४  |