सुर्खेतराेडमा सुपर पोलिक्लिनिक सञ्चालनमा, १५ दिन निशुल्क विरामी जाँच्ने


नेपालगञ्ज, फागुन १ । केही समययता एकपछि अर्को गरेर विभिन्न विशेषज्ञ क्लिनिक र अस्पतालहरु थपिंदै गएको नेपालगञ्जमा आइतवारबाट थप एक अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा आएको छ ।
नेपालगञ्जको सुर्खेतरोडस्थित गुरुद्धारासंगै जोडिएको भवनमा आइतवारबाट एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिले विभिन्न विशेषज्ञ सेवाहरु दिने जनाईएको छ ।
सो पोलिक्लिनिकको एक समाराहेकाविच वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झाँ र वरिष्ठ कन्सल्टेन्ट फिजिसियन एण्ड एण्डोक्राइनोलोजिस्ट डा. अल्तवान राहीले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
सो अवसरमा सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिका सञ्चालक समेत रहनुभएका डा. राहीले विरामीलाई सहजरुपमा विभिन्न प्रकारका उपचार सेवा दिनका लागि यो पोलिक्लिनिक सञ्चालनमा ल्याईएको बताउनुभयो ।


उहाँले फागुन १५ गतेसम्म १५ दिनका लागि सबै विरामीलाई निशुल्क रुपमा जाँच गर्ने जनाउँदै दुई महिनाका लागि सुगर समेत निशुल्क परीक्षण गरिने बताउनुभयो ।
सो पोलिक्लिनिकमा वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झाँ, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन एण्ड एण्डोक्राइनोलोजिस्ट डा. अल्तवान राही र हाडजोर्नी, नशा, बाथ तथा मेरुदण्ड रोग विशेषज्ञ डा. सैयद सद्दामले विरामीको जाँच गर्नु हुनेछ ।
क्रमशः सो पोलिक्लिनिकमा अन्य विभिन्न प्रकारका सेवाहरु पनि थपिंदै जाने योजना रहेको जनाउँदै आफुहरु सधैं विरामीको सेवामा तत्पर रहेको उक्त पोलिक्लिनिका अर्का सञ्चालक सारिका झाँले बताउनुभयो ।

प्रकाशित मितिः     १ फाल्गुन २०७८, आईतवार १७:१३  |