ठम्मर बिष्टले त्यागे माओवादी र प्रमुख सचेतक पद, कारण यस्ताे छ


नेपालगन्ज- नेकपा (माओवादी केन्द्र), कर्णाली प्रदेश सभाका संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले पदबाट राजिनामा गर्नुभएको छ ।

काठमाण्डौँमा पत्रकार तथा सञ्चारकर्मीहरुसँग भेटघाट गरी विष्टले पदबाट राजिनामा गरेको घोषणा गर्नुभएको हो । विष्टको राजिनामापत्र प्रदेश सभा सचिवालयमा समेत पठाइसकिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विष्टको गृह जिल्ला सुर्खेत पुगेकै दिन उहाँले पार्टी छोड्नुभएको हो । माओवादी भित्र वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले ठूलै तरङ्ग ल्याएको छ ।

उहाँले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने वारेमा आफु निकटका साथीहरूसंग सल्लाह गरेर अघि बढ्ने जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड सुर्खेत आएकै दिन सांसद विष्टले पार्टी छोडेको घोषणा गरेका हुन् । कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख संचेतक समेत रहेका विष्टले संयोग मिलाए पार्टीमा नबस्ने निर्णय लिएको  जानकारी दिए ।

उनले भने ‘मैले आजदेखि पार्टी र सांसदपदबाट राजीनामा दिएको छु, तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन् ।’ पार्टी अध्यक्ष सुर्खेतका आएको बेला किन राजीनामा दिएको भन्ने प्रश्नमा विष्टले भने ‘साईत मिलाएको नि हजुर, कहिले काहीँ यस्तै हुँदो रहेछ ।’

पछिलो समय राजनीतिमा खरो विषयमा आवज उठाउँने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले पार्टी भित्र कलह निम्ताएको छ ।

यस्तै, कर्णालीकमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसदलाई छिरिङ डम्डुल लामा ९कार्चेन लामा० लाई मन्त्री बनाएको विषयमा उनको चर्को अस्नतुष्टि जनाएका थिए भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथन प्रति विरोधमा थिए ।

प्रकाशित मितिः     २७ फाल्गुन २०७८, शुक्रबार १८:४१  |