बैकिङ्ग करियरबाट अवकासपछि सक्रिय राजनितीमा बस्नेत


नेपालगन्ज–तीन दशक बैकिङ्ग करियरबाट अवकाशपछि यज्ञ बहादुर बस्नेत राजनितीमा सक्रिय भएका छन् । त्यसो त उनमा राजनितीकचेत पहिलेबाटै थियो ।

बैकिङ्ग सेवाका कारण खुलेर राजनितीमा लाग्न नपाएपनि पेशागत राजनितीमा भने उनको सक्रियता पुरानै हो ।

नेपालगन्ज–१ निवासी बस्नेत अहिले नेपाली काँग्रेस बाँकेको कोषाध्यक्ष छन् । उनलाई बिवास गरेरै काँग्रेसले कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकमा तीस वर्ष बिताए । आठौं तहबाट अवकास भयो । १७ वर्षत बिभिन्न जिल्लामा प्रबन्धक भएरै काम गरे । अवकासपछि उनलाई एउटा बीमा कम्पनीले प्रदेशस्तरको प्रमुखको जिम्मेवारी दियो ।

बैकिङ्ग करियरमा राम्रो काम गरेका कारण अन्य बित्तीय संस्थाहरुमा उनको माग नभएको होइन । तर राजनितीले उनलाई तान्यो । अनि राजनीतिमा सक्रिय भए ।

नेपाली काँग्रेस बाँकेको जिल्ला सदस्य निर्वाचित भए । अहिले कोषाध्यक्ष । बस्नेत अव सक्रियतापूर्वक राजनीतिमा लाग्ने भएका छन् । राजनितीबाट जनताको सेवा गर्ने अठोट गरेका छन् ।

 

प्रकाशित मितिः     २४ चैत्र २०७८, बिहीबार १४:०७  |