बाँके खजुराको धौलागिरीमा मगर होमस्टे संचालन


नेपालगन्ज, २ वैशाख :- एक पालिका एक होमस्टेको अवधारणलाई अगाडि बढाउँदै खजुरा गाउँपालिका ३ धौलागिरीमा मगर होमस्टे संचालनमा ल्याइएको छ । २ वर्षको निरन्तर प्रयासपछि गुरुङ मगरको बस्तीरहेको धौलागिरीमा नौमती सामुदायिक होमस्टे संचालनमा ल्याइएको हो ।

मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन बाँकेको खजुरा गाउँपालिका ३ मा मगर समुदायले होमस्टे संचालनमा ल्याएका छन् । शुरुमा ९ वटा होमस्टे संचालनमा ल्याएकोमा यसलाई बढाउँदै लैजाने बताइएको छ । मगर समुदायको संस्कार त्यसै पनि पाहुनालाई स्वागत र सत्कारमा कमी नराख्ने समुदाय हो अब होमस्टे संचालनमा आएसंगै पाहुनको स्वागत र सत्कारका लागि मगर कला संस्कृति रहनसहन र खानपानमा जोड दिइएको छ ।

नौमती सामुदायिक होमस्टे गाउँ धौलागिरीमा जाने जो कोही पाहुनाले अब मगर संस्कृतिमा त सजिलै रमाउन पाउँछन् नै यसका साथै नजिकै रहेको किरणनालामा गोही हेर्ने र नौमस्ती बाजाको धुनमा नाचगान गरी भरपूर मनोरञ्जन लिनेछन् । नौमती सामुदायिक होमस्टे गाउँ धौलागिरी छवि काला थापा बताए  ।

मगर गुरुङहरुको खानपान, संस्कृतिलाई बचाउँदै भावपुस्तालाई समेत संस्कार र संस्कृति बाचइ राख्न प्रेरणा दिने र पूर्खाले गरेका कुराहरुको उजागर गर्ने उद्देश्यले होमस्टे संचालन गरिएको मगर अगुवा चित्रबहादुर रानामगरले बताए ।

घरायसी वातावरणमा बसोबास, आफ्नै खेतबारीमा उत्पादन भएका अर्गानिक खानाका परिकार, कला, संस्कृतिको जर्गेना गरी थोरै आयआर्जनको समेत पाटो होमस्टे रहेको सरोकारवालाहरुले  पूर्णचन्द्र उपाध्याय बताउछन् ।

हाेमस्टे महासङका महासचिव  कृष्ण चौधरी आर्थिक समृद्धिसंग जोडिएको होमस्टे भएकाले खजुरा समृद्धिमा होमस्टे संचालनले ठूलो टेवा पुग्ने बताउँछन् ।
खजुरा गाउँपालिका अध्यक्ष  किस्मतकुमार कक्षपतिले साँच्चिकै मगर समुदायको खानपान र रहनसहनमा होमस्टे पुग्ने जो कोही पाहुना पनि सजिलै घुलमिल हुने र मगर संस्कारमा रमाउने बताए ।

प्रकाशित मितिः     २ बैशाख २०७९, शुक्रबार १३:०८  |