पशुपतिले बनाउन चाहेकाे ‘हाम्रो नेपालगन्ज,राम्रो नेपालगन्ज’


नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्र नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुन । नेपालगन्जमा मिश्रको आगमनसङै नेकपा एमालेले चुनावी शक्तिआर्जन गरेको छ ।

त्यसो त एमालेसंग मिश्रको नाता पाँच बर्ष अघिकै हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्रले सुर्य चुनाव लिएर बाँके क्षेत्र नं. २ मा चुनाव लडेका थिए । मधेसमा प्रतिकुल अवस्था ठानिएको त्यो बेला समेत मिश्रले १६ हजार मत ल्याएर दोस्रो भएका थिए ।

त्यतिबेला सुर्य चुनाव चिन्ह मात्र लिएर चुनाव लडेका मिश्र अहिले भने सोही पार्टीको केन्द्रीय सदस्य भइसकेका छन् । जनताको बहुदलीय जनवाद स्वीकार गर्ने एमालेलाई हृदयबाट नै स्वीकार गरी नेताको काँधमा मधेसमा आफ्नो पार्टीलाई सशक्त बनाउनु छ । मिश्रले नेपालगन्जमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चार हजार मान्छे एमाले प्रवेश गराए ।

त्यहीबाट शुरु भएको एमालेको मधेसमा वाहीवाही अहिलेसम्म उस्तै छ । मधेसमा अध्यक्ष ओली र एमालेको पुनरउदयको जस मिश्रलाई नै जान्छन् । मधेसमा ओलीका बिश्वासिला पात्र भएका छन्, मिश्र । नेपालगन्ज हुँदै पश्चिममा हुने ओलीका हरेक सभामा उनको सहभागिता रहन्छन् । ओली आफैले उनलाई संगै लैजान्छन् । सम्भवत मिश्र अब नेपालगन्जको मात्र होइन देशको नेता बन्ने दौडमा छन् ।

 

गत स्थानीय निर्वाचनमा एमालेबाट सम्शुद्धिन सिद्धिकी मेयरका उम्मेदवार थिए । उनी ०५४ मा धवलशमशेर राणा मेयर हुँदा उपमेयर थिए । एमाले विभाजनपछि सिद्धिकी नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । नेपालगन्जमा संगठनात्मक मत नघटेको र आफूहरूसमेत जोडिँदा एमाले बलियो रहेको मिश्रको दाबी छ । ‘ गठबन्धन एक भएर आएका छन् । तर पनि जनता हाम्रो पक्षमा छन् ’, उनले भने, ‘स्पष्ट भिजन लिएर आएको कुरन मतदाताले मन पराउनुभएको छ ।’

मधेसकेन्द्रित राजनीतिक पृष्ठभूमिबाट आएका र व्यक्तिगत लोकप्रियतासमेत रहेका नेता मिश्र एमाले प्रवेश गरेकाले यसपटक नेपालगञ्ज उपमहानगरमा मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेबीच हुने आकल छ ।

पुरानो राजनीतिक बिरासत बोकेका मिश्रको मेयर पदमा हुने सम्भावित उम्मेदवारीले यहाँको राजनीतिमा तरंग नै ल्याइदिएको छ । चुनावी हारजित बैशाख ३० गते पछि नै थाहा हुने भएपनि मिश्र मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

उद्यम, राजनीति र समाजसेवा समाजका सबै भन्दा ठुला क्षेत्र हुन् । सबै व्यक्ति तीन वटै क्षेत्रमा सफल हुन सक्दैनन् । तर नेपालगन्जका मिश्र जो उद्यम, राजनीति र समाजसेवामा अब्बल छन् । तीनवटै क्षेत्रमा उनको नाम अगाडी नै आउँछ । हरेक नेताले सम्बृद्धिको यात्रा आफैबाट सुरु गर्नुपर्छ भन्ने निष्कर्ष छ, उनको । त्यही कारणले उद्योग क्षेत्रलाई उनले छाड्न सकेका छैनन् । चन्दा लागि अरुको टाउको दुखाई दिनुपर्ने राजनीति कति दिनसम्म चल्छ ? पक्कै चल्दैन । त्यसकारण सकेसम्म आर्थिक रुपमा परिपक्क बन्नका लागि कुनै न कुनै उद्यममा लाग्नुुपर्ने तर्क छ उनको ।

‘बुवा पनि गाविस अध्यक्ष हुनुहुन्थ्यो । गाउंमा हाम्रो राम्रै सम्पत्ति भएकाले आर्थिक समस्या झेल्नुपरेन् ।’ मिश्रले भने–‘तर पुख्र्यौली सम्पत्तिको घमण्ड मलाई कहिल्यै भएन् ।’ पशुपतिदयालले सानैदेखि केही गर्नुपर्छ भन्ने सोच राख्थे । त्यही सोचकैकारण उनी अहिले हरेक क्षेत्रमा सफल बनेका छन् । त्यो राजनैतिक होस् चाहे समाजसेवा, हरेक दृष्टीकोणबाट जिल्लामा औंलामा गनिनेमा उनको नामपनि अगाडीनै आउंछ ।

तर यि र यस्ता खाले नेताहरुको प्रवृतिबाट आफु टाडा रहेको उनी बताउँछन् । ‘सबैलाई त भन्दिन तर अधिकांश नेताहरु राजनीतिलाई पैसा कमाउने माध्यम बनाइरहेका छन् ।’ मिश्रले भने–‘ त्यसबाट टाढा रहनका लागि म ब्यापार ब्यवसायमा संलग्न भएको हु“ ।’
मिश्रले राजनीतिक जिवनको आरोह अवरोह देखेका छन् । तर सफलताबाट मात्तिने र असफलताबाट आत्तिने गरेका छैनन् । पराजित भए पनि आफु जनता माझ नै रहेको उनले बताए । आज सम्म आईपुग्दा उनले परिवारको अभिभावक देखि राजनीतिक अगुवासम्मको भुमिका निर्वाह गरिरहेका छन् ।

जिल्ला विकास समिति बांकेको सभापति भइसकेका मिश्र नेपालगन्जको प्रतिष्ठित कर्णाली विकास बैंकको अध्यक्ष पदको जिम्मेवारी सम्हाली सके । ओम प्लाईको प्रबन्ध निर्देशक हुन ।
मिश्र मुख्य गरी राजनैतिक, आर्थिक र समाज सेवामा सक्रिय छन् । युवा अवस्थामा उनी सरकारी जागिरे पनि भए । जिल्ला विकास समितिको प्राविधिक पदमा जागिर पनि खाए मिश्रले । गाउंमा खानदानी घरपरिवारका हुन् उनी । त्यसकारण आर्थिक समस्यासंग कहिल्यै जुझ्नु परेन उनलाई ।

राजनीतिक र आर्थिक क्षेत्रसंगै विकास निर्माणका काममा पनि सक्रिय छन् उनी । नेपालगन्जमा हुने विकास निर्माण सम्बन्धि योजनाहरु कार्यान्वयन गराउन उनी लागिपरेका छन् । नेपालगन्ज विश्वविद्यालय बनाउनुपर्छ भन्ने अभियानमा महत्वपुर्ण भुमिका रह्यो ।

नेपालगन्जको विकासका लागि मिश्रले ठुलो सपना देखेका छन् । उनले नेपालगन्जलाई विकासले भरिभराउ बनाउन चाहान्छन् । त्यसकालागि मिश्रले जस्तो सुकै योगदान गर्न पनि तयार रहेको बताउंछन् । ती सपना राजनैतिक इच्छा शक्तिबिना पुरा नहुने उनको ठम्याई छ । ‘नेपालगन्जका नेताहरुले काठमाडौंसंग पहुंच विस्तार गर्न सकेका छैनन् । जसको पहुंच छ उसले यहांको विकासका लागि ध्याननै दिएका छैनन् ।’–मिश्रको गुनासो छ ।

राजनीतिक यात्रासंगै आर्थिक क्षेत्रमा पनि मिश्र उत्तिकै सक्रिय छन् । सरकारी गागिरे हुंदै मिश्रले काठको ब्यापार पनि गरे । मध्यपश्चिमकै पहिलो सहकारी वित्तिय संस्था स्थापना गरे । त्यसै गरी यस क्षेत्रकै पहिलो विकास बैंक कर्णाली विकास बैंक खोले । कुनै बेला मिश्रकै लगानीमा संचालन भएको ‘गुड मर्निङ्ग दुध’ पनि नेपालगन्जमा चलेको थियो । संचार क्षेत्रमा पनि मिश्रको लगानी छ । रेडियो बागेश्वरी एफएमका संचालक हुन् मिश्र ।
राजनीति, आर्थिक र समाजसेवालाई संगसंगै लिएर अघि बढेका मिश्र आफुले जिवनमा पाएका सफलतादेखि धेरै खुसी छन् ।

मिश्रले हाम्रो नेपालगन्ज,राम्रो नेपालगन्ज बनाउने उद्घाेष गरेका छन् । उनी भन्छन्- हाम्रो नेपालगन्ज – विभिन्न भाषाभाषी,जातजाती, धर्म सम्प्रदायका दाजुभाइ, दिदिबहिनीहरु मिलेर बनेकाे शहर हाे । याे सम्बन्धलाई अझ प्रगाड बनाएर प्रत्येक नागरिकले नेपालगन्जप्रति गर्व र अपनत्व महसुस गर्ने बनाउनुछ ।
राम्रो नेपालगन्ज – समृद्ध नेपालगन्ज निर्माणको अठाेट छ । सबै कुराले बिकसित शहर निर्माणको गर्ने हो- सबैको साथ र समर्थनमा ।

 

प्रकाशित मितिः     १७ बैशाख २०७९, शनिबार ०९:५८  |