विद्यार्थी राजनितीबाट उदाएका विष्ट


नेपालगन्ज । नेपाली कांग्रेसबाट नेपालगन्जमा मेयर उम्मेदवार प्रशान्त बिष्ट यतिबेला मतदाताकाे घरदैलोमा छन् । निर्वाचित गराउन मतदातासग मत मागिरहेका छन् ।

विद्यार्थी राजनीतिबाट  बिष्ट उदाए । उनले स्कुल इकाई कमिटिबाट राजनीति शुरु गरेका हुन । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उनि तेस्रो पटक नेपालगञ्ज नगर सभापतिमा निर्बाचित भएका व्यक्ति हुन् । लोकप्रिय मतका साथ तेस्रो पटक नगर सभापति भए ।

विष्ट पहिलोपटक २०५० सालमा महेन्द्र माध्यमिक विद्यालयमा पढ्दै गर्दा नेविसंघ इकाई कमिटीमा आवद्ध भएका थिए । २०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाई कमिटी सदस्य बनेका विष्ट २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको सहसचिव चुनिएका थिए । २०५६ सालमै नेविसंघ नेपालगञ्ज अध्यक्ष बने ।

उनी २०५७ सालमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनमा उपसभापतिको उम्मेदवार बनेर विजयी भएका थिए । २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ इकाइ उपसभापति रहिसकेका विष्ट २०५९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनमा पनि नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजयी भए । २०६१ सालमा पुनः उनी स्वतन्त्र बिद्यार्थी युनियनमा नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजय हासिल गरे ।

२०६२–६३ सालको जनआन्दोलनमा नेविसंघको तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर थिए ।  २०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका थिए बिष्ट ।

२०६८ सालमा नेपालगञ्ज नगर कमिटीमा कांग्रेसको नगर सभापति पदमा निर्वाचित भएका उनी पुनः २०७३ सालमा उपमहानगरपालिका भए पश्चात् सर्बसम्मत नेपालगञ्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिएका थिए ।

उनले जीत हासिल गरेमा शिक्षा,स्वास्थ्य,कृषि पूर्वधार विकास र युवा रोजगार एवं समृद्धिको लागि काम गर्ने उनको भनाई रहेको छ ।

प्रकाशित मितिः     १७ बैशाख २०७९, शनिबार १०:३९  |