समृद्ध नेपालगन्जकाे मुद्दामा उम्मेदवारको एक स्वर


 

नेपालगन्ज- दल फरक भए पनि समृद्ध नेपालगन्जकाे मुद्दामा उम्मेदवार एक छन् । सबै उम्मेदवारले समृद्ध नेपालगन्ज निर्माण गर्ने वाचा गरेका छन् ।

निति निर्माताकाे नजरमा नेपालगन्ज पर्न नसकेकाे निष्कर्ष सहित उम्मेदवारहरुले अब भने विकासका लागि कम्मर कसेर लाग्ने उद्घाेष गरेका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार पशुपतिदयाल मिश्रले घाेषणा पत्र सार्बजनिक गर्दै समृद्ध नेपालगन्जकाे खाका प्रस्तुत गरेका छन् । उनी भन्छन् – दरिलाे नेतृत्व नहुदा नेपालगन्जकाे विकास हुन सकेन । त्यसकाे अभावपुर्ती गर्नु पर्ने छ ।

मिश्रले समृद्ध नेपालगन्ज बनाउनका लागि आफुले विकासकाे खाका काेरेकाे बतााए ।

नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार प्रशान्त बिष्टले अब पनि नेपालगन्जलाई पछि पर्न नदिने भन्दै नेपालगन्जकाे विकासकाे प्रष्ट खाका रहेकाे बताए । बिष्टले विकास मुख्य मुद्दा रहेकाे बताउदै भने – हाम्रो सम्पुर्ण ध्यान यसैमा केन्द्रित  छ ।

राप्रपाका मेयर उम्मेदवार नन्दलाल बैश्यले समृद्ध र विकसित नेपालगन्जकाे खाका सहित आफू निर्वाचनमा हाेमिएको बताए ।

प्रकाशित मितिः     १८ बैशाख २०७९, आईतवार ११:४९  |