बाँकेमा एमालेले गुमायो सबै पालिका,कांग्रेसले ८ मा जित्याे ६ पालिका


नेपालगन्ज -बाँकेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ ।

२०७४ सालको निर्वाचनमा धेरै वडा सहित कोहलपुर नगरपालिका, खजुरा,जानकी,बैजनाथ गाउँपालिका जितेकोमा अहिले भने सबै स्थानीय तह गुमाएको छ । कुनै पनि स्थानिय तह जित्न सकेन ।

वडामा भने जित हासिल गरेको छ । एमालेले खजुरा,कोहलपुर,बैजनाथल जस्ता प्रभावक्षेत्र गुमाएको छ । २०७४ मा शून्य रहेको माओवादी केन्द्रले यसपटक कांग्रेससंग गठबन्धन गरेर खजुरामा जितेको छ भने सबैभन्दा धेरै फाइदा नेपाली कांग्रेसलाई भएको छ । उसले बिगतमा नेपालगन्ज,कोहलपुरमा उपमेयर सहित डुडुवा र राप्तिसोनारी जितेको थियो भने यसपटक , जानकी,कोहलपुर,बैजनाथ जितेकोछ ।


जनता समाजवादी पार्टीको पनि सफल भएको छ । उसले नरैनापुरमा जितलाई यथावत राखेर नेपालगन्जमा कांग्रेससङ गठबन्धन गरी उपमेयर सहित छ वडा जितेको छ । नेपालगन्ज उपमहानगर जितेको राप्रपा भने वडामै सिमित भएको छ ।

#नेपालगन्ज_उपमहानगरपालिका
१. मेयर :- प्रशान्त बिष्ट
२. उप-मेयर :- कमरुद्दिन राई (जसपा)
#डुडुवा_गाउँपालिका
१. अध्यक्ष :- नरेन्द्र कुमार चौधरी
२. उपाध्यक्ष :- साहिदा बानो
#जानकी_गाउँपालिका
१. अध्यक्ष :- छब्बन खान
२. उपाध्यक्ष :- रामप्यारी यादव
#खजुरा_गाउँपालिका
१. अध्यक्ष :- डम्बर बि.क. (माओवादी केन्द्र)
२. उपाध्यक्ष :- मन्जु मल्ल
#बैजनाथ_गाउँपालिका
१. अध्यक्ष :- प्रकाश बहादुर शाही
२. उपाध्यक्ष :- निर्मला रोकाय
#राप्तिसोनारी_गाउँपालिका
१. अध्यक्ष :- तप्त बहादुर पौडेल
२. उपाध्यक्ष :- मनिषा सिंह थारु
#काेहलपुर- नगरपालिका
अध्यक्ष :- पुर्ण केसि
उपाध्यक्ष : – सगिता सुवेदी

प्रकाशित मितिः     ८ जेष्ठ २०७९, आईतवार १३:४७  |
error: Content is protected !!