बिजयत्सवमै धवल विरुद्ध खनिए इश्तियाक राई


नेपालगन्ज- जनता समाजवादी पार्टी (जसपा)नेपालका नेता तथा सासद मो. इस्तियाक राईले शनिवार नेपालगन्जको बिजयत्सवमा बोल्दै गर्दा नेपालगन्जका पुर्ब मेयर धवल शम्शेर राणालाई निशानामा बनाएका छन् ।

गाई हत्या प्रकरण र कोभिडको समयमा भेण्टिलेटर खरिदका बिषयमा सगिन आरोप लगाउदै राइले राणालाई कटाक्ष गरे । राईको अभिव्यक्तिप्रती राणाको दल राप्रपाले भने आपत्ती जनाएको छ ।

नेपालगञ्जमा गठबन्धनका तर्फबाट नवनिर्वाचित मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईको विजय उत्सबपछि आयोजित सभालाई त्रिभुवन चोकमा सम्बोधन गर्दै राईले विगतको स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अब नवनिर्वाचित  सबै जनप्रतिनिधिहरुले जनआकांक्षा अनुरुप काम गर्ने विश्वास व्यक्त गरे ।

जनताको घरघरमा आधारभूत सेवा पु¥याउने गरी कुनै कसर बाँकी नराखेर काम गर्न उनले आग्रह गरे ।
नेपालगञ्जका यसअघिका मेयर  राणाप्रति इंगित गर्दै उनले आफूले नेपालगञ्जको विकासका लागि ल्याएका योजना फर्काएर नेपालगञ्जको विकास अबरुद्ध गरेको बदला जनताले मतमार्फत् प्रकट गरेको जिकिर गरे ।

उनले सुर्खेतमा भएको गाईकाण्ड र भेन्टिलेटर खरिद गर्न संसद विकास कोषमार्फत् आएको पैसा फर्काइदिएको भन्दै गाई हत्या र भेन्टिलेटर खरिद नगरेर जनताको जीवनमाथि खेलबाड गर्नेलाई माता बागेश्वरीको नगरीमा पाप धुरीबाट कराउँछ भनेझै आक्रोशित जनताले मतमार्फत् विस्थापित गरिदिएको टिप्पणी गरे । बाँके क्षेत्र नम्बर २ को सांसद समेत रहेका राईले संघ र प्रदेशमा गठबन्धनकै सरकार भएकाले नेपालगञ्जसंग समन्वय गर्दै सबै मिलेर विकास गर्ने बताए ।

उनले गरिबदुःखीहरुको गुणस्तरीय शिक्षामा पहुँच, भूमीहिनहरुको पुनर्वास र किसानहरुका हकमा एकीकृत सम्पत्ति करको पुनरावलोकन लगायतका विषयहरुमा नयाँ नेतृत्वले ध्यान दिनुपर्ने सुझाब दिए ।

सगिन बिषयमा राजनितीकरण गर्न खोजेको भन्दै राप्रपा नेता ऋषिराज देवकोटाले सामाजिक सन्जाल मार्फत राईको अभिव्यक्तिको बिरोध गरेका छन् । उनले लेखेका छन्-
नेपालगञ्ज क्षेत्रका माननिय इस्तियाक राईले भर्खरै गठबन्धनको बिजय जुलुसको सभा त्रिभुवन चौकमा कुनै ब्यक्ति वा पार्टीलाई हत्यारा र हिन्दुधर्मका ठेकेदार भन्ने अभिब्यक्ति नितान्त सम्प्रदायिक र गैरजिम्मेवार छ,कुनै धर्मको बिषयमा बोल्ने ठेक्का वा अधिकार तपाईंलाई काँहाबाट प्राप्त भयो ?
यो बिषयमा घोर आपत्ति र निन्दा गर्दछौ।

मेयर हुदा राणा र मन्त्री समेत रहेका सासद राईबिच नगरकाे बिकासकाे सवालमा सहकार्य हुन सकेको थिएन । यसमा दुबै जनाले एकअर्कोलाई आरोप लगाउने कार्य हुँदै आएकोमा राईको पछिल्लो अभिव्यक्ति पनि त्यसैको श्रृखला भएको मानिएको छ । आउदो प्रतिनिधिसभा निर्वाचनमा राई र राणाबिच मुख्यरुपमा चुनावी लडाई हुने निश्चित छ ।
बिजयत्सवमा राणा विरुद्ध राई खनिदै गर्दा मेयर प्रशान्त बिष्टले भने नेपालगन्जको बिकासका लागि सबैसङ सहकार्यको कुरामा जोड दिएका छन् । यो सहकार्यको बिषय राप्रपा वा कुनै दल विशेष लक्षित नभए पनि नेपालगन्जको बिकासका सवालमा सबैसङ सहकार्य हुने कुरामा जोड दिएका छन् ।

उक्त कुरा बिष्टले बिजयत्सवमा नभइ उनकाे सचिवालयकाे फेसबुक पेजमा उल्लेख छ-


आदरणीय नेपालगन्ज उपमहानगरपालिका बासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु !

आफ्नो अमूल्य मतमार्फत मलाई यस उपमहानगरपालिकाको मेयर (प्रमुख) पदमा निर्वाचित गराउनु भएकोमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु ।

तपाईंहरुले हाम्रो पार्टी र म प्रति देखाउनु भएको आशा, विश्वास र भरोसालाई सधैं सिरोधार्य गर्दै अघि बढ्ने छु । हाम्रो यस विजयको अभियानमा यहाँहरुले गर्नुभएको मेहनत, व्यतित गर्नुभएको समय र भूमिकाप्रति गहिरो सम्मान सहित हार्दिक आभार समेत प्रकट गर्दछु ।

सम्पुर्ण नगरवासीहरुको भरोसाको केन्द्रका रुपमा उभिँदै रोजगारी, विकास र सम्वृद्दीलाई अघि बढाउन अत्यन्त निष्ठाका साथ लागिरहने प्रण पनि गर्दछु । साथै यो निर्वाचनमा म सँगै विजयी हुनुहुने उप- प्रमुख लगायत सबै जनप्रतिनिधिज्यूहरुलाई बधाई दिदैँ लोकतान्त्रिक प्रक्रियामा सामेल सबै दल र उम्मेदवारहरुप्रति समेत धन्यवाद व्यक्त गर्दछु । आउनुहोस् उपमहानगरको समग्र विकास निर्माणमा तपाईं /हामी सबै सँगसँगै अघि बढ्ने प्रण गरौं ।
यहाँहरुकै प्रशान्त बिष्ट
जय नेपाल !!!

धवल लक्षित राईकाे भनाइलाई सकेत गर्दै नेपालगन्जका बरिस्ठ पत्रकार हेमन्त कर्मचार्य यस्तो लेख्छन्-

सद्भावकाे शहरमा दुर्भाव प्रदर्शन किन…?
जितकाे जुलुस/र्‍याली मतदातालाई धन्यवाद ज्ञापन र खुसी साट्ने अवसरका रूपमा लिंदै मर्यादित बनाउन सके सबैका निम्ति रमाइलाेलाग्दाे हुन्छ ।

कसैप्रति वैरभाव प्रदर्शन गर्ने, चुनाैति दिंदै पाखुरी सुर्कने उन्माद प्रदर्शनले उत्सवलाई तिक्ततामा फेरिदिन्छ । नबिर्साैं, यही निर्वाचनमा पराजित हुने कैयन् उम्मेदवारले विजयीलाई हार्दिकतासाथ बधाई दिएकाे केही उदाहरण छन् ।
नेपालगञ्ज सद्भावकाे शहर ?
०७ जेठ २०७९ ।

 

प्रकाशित मितिः     ७ जेष्ठ २०७९, शनिबार १७:३६  |
error: Content is protected !!