‘सिस्टम फेल’का नाममा विद्युत अनियमितता चर्को,काेरियनपुर धेरै प्रभावित


नेपालगन्ज – नेपाल विद्युत प्राधिकरण नेपालगन्जले स्थान बिशेषलाई आधार बनाए विद्युत काट्न थालेकाे छ ।

जसकाे सबभन्दा धेरै मारमा नेपालगन्ज -१२ काेरियनपुरका सर्बसाधारण परेका छन् । काेरियनपुरकाे आधा भागमा विद्युत नियमित हुँदा आधा भागमा भने अनियमित छ ।

मुक्तिपुरका एक जना सर्बसाधारणले भने- आज चारदिन भयाे घण्टापिच्छे बिजुली गइरहन्छ । गर्मीका बेला त थियो थियो पानी परेका बेला समेत बिजुली काट्याे । मध्यरातमा काट्छ ।

दैनिक जसो विद्युत काट्न थालेपछि सर्बसाधारणहरु आक्रोशित भएका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत सार्वजनिकरुपमा सराेकारवाला निकायलाई  समस्या समाधानका लागि माग गरिएको छ ।

विद्युतले सिस्टमकाे समस्याले यस्ताे समस्या आउने गरेको बताएपनी सर्बसाधारण आक्रोशीत छन् ।

प्रकाशित मितिः     ८ भाद्र २०७९, बुधबार १८:४०  |