समुदायले बुझ्नै पर्ने पर्यटन


बुटवलमा पुष ७ गतेदेखि १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ । आयोजक रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघका अनुसार ३० करोड रुपैयाँबराबरको आर्थिक कारोबार गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको हो ।

बुटवल छेउछाउका शहर बजारहरुमा वर्षेनी यस्ता मेला प्रदर्शनीहरु लाग्ने भएपनि बुटवलका मेला महोत्सवले रुपन्देही र छेउछाउका जिल्लाहरुमा विशेष रौनक थप्ने गर्छ । बुटवलमा हुने मेला महोत्सवहरु घुमफिर गर्ने, किनमेल गर्ने र रमाईलो गर्ने अवसरको रुपमा यहाका मानिसहरुले वर्षभरी पर्खेका हुन्छन् । अझ प्रदर्शनीमा पर्यटन महोत्सव समेत जोडिएपछी घुमफिर गर्न चाहनेहरुलाई उत्साहित नबनाउने कुरै भएन । विगतका मेला महोत्सवमा पनि पर्यटनलाई जोड्ने गरिएको भएपनि पर्यटनका प्रदर्शनी र कार्यक्रमहरु हुदैनथे । यसपालि विगतमा भन्दा केहि फरक छ कि भनेर प्रदर्शनीको दोश्रो दिन प्रदर्शनी अवलोकन गर्न जाँदा आयोजकहरुले राखेको स्वागत ब्यानरसंगैको बोर्डले निराश बनायो । एक त त्यहाँ लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरु भनेर जुनजुन स्थानहरु देखाईएको थियो, ति स्थानहरु अपर्याप्त र बुटवलको दृष्टिले हेरिएका ठाउँ थिए र ति ठाउँ पारम्परिक थिए । त्यो भन्दा उदेक लाग्ने कुरा त्यसमा भएको एउटा तस्विर थियो । लुम्बिनी प्रदेशका पर्यटकीय स्थलको रुपमा बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको नुवाकोट दरबारको फोटो थियो । नुवाकोटको बारेमा जानकारी नभएकाहरुले त बुटवल र दोभानको सिमानामा रहेको नुवाकोटमा यस्तो भब्य दरबार रहेछ भन्ने ठाने होलान तर दुवै नुवाकोटको बारेमा जानकारी भएकाहरुलाई भने यस्तो गलत सुचनाले पक्कैपनि दुखि बनायो ।

नेपालमा विदेशी पर्यटक आउन थालेको ७ दशक पुगिसकेको छ र पर्यटनलाई व्यवसायिक रुपमा हेर्न थालेको पनि ६ दशक वितिसकेको छ । उद्यमशीलताको दृष्टिले यो निकै लामो समय हो । नेपालमा पर्यटन विकास भनेर राज्य र निजि क्षेत्रबाट ठुलो लगानी भैसकेको छ । मानिसहरुको विलाशी जीवनशैली र जिज्ञासु स्वभावले गर्दा घुमफिरको प्रवृति बढिरहेको छ । विश्व पर्यटनको प्रभाव पनि नेपालमा परिरहेको छ । कोरोनाकाल अघिसम्म नेपालमा वार्षिक करिब १० लाख बिदेशी पर्यटकहरु नेपाल आएका थिए भने आन्तरिक घुमफिरकर्ताहरु पनि करिब एक करोड पुगिसकेका थिए । यसले नेपालमा पर्यटन क्षेत्रमा राम्रै सम्भावना रहेको संकेत गर्छ । यति सम्भावनाहरु हुदाहुदै पनि आममानिसहरुले पर्यटनलाई नबुदा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन हुन् सकेको छैन र पर्यटनबाट लिन सकिने लाभका अवसरहरु छुटिरहेका छन् । यसैको उदाहरण हो मेला महोत्सवमा पर्यटनको नाममा गरिने खेलाचीं ।

पछिल्ला दिनहरुमा पर्यटनप्रति मानिसहहरुको ध्यान जान थालेको छ । मानिसहरुले आनो क्षेत्रमा रहेका धार्मिक मठमन्दिर, पुराना संरचना, जंगल, तालतलैया, खोलानदी, भूगोल जस्ता कुराहरुमा पर्यटकीय सम्भावना देख्न थालेका छन् । कुनै मानिसहरुले कुनै ठाउँका त्यस्ता स्थान र वस्तुहरुको फोटो खिचेर सामाजिक संजालमा राखिदिदा र केहि लाईक कमेन्ट आउदा मानिसहरुले त्यसलाई पर्यटकीय सम्पदा भन्न थालिहाल्छन् । २÷४ जना मानिसहरु गएर फोटो खिच्न थाल्ने बित्तिकै पर्यटनका ठुला सपनाहरु देख्न थालिहाल्छन् । २÷४ सय मान्छेले फोटो खिचेर सामाजिक संजालमा राखेपछि केहि आकर्षक जस्ता देखिने त्यस्ता स्थान र वस्तुहरुको चर्चा सेलाउछ । न त्यहाँ पर्यटक पुग्छन, न त्यहाँका मानिसहरुले पर्यटनबाट नै कुनै लाभ लिन सक्छन् । पर्यटनबाट लाभ लिन सकिन्छ भनेर निजि क्षेत्रले गरेको लगानी पनि त्यत्तिकै खेर जान्छ । यी सबै समस्याको मुख्य कारण पर्यटनलाई समुदायले नबुनु नै हो ।

देश संघियतामा गएपछि धेरै स्थानीय सरकारहरुले आनो स्थानीय योजनामा पर्यटनलाई पनि समावेश गरिरहेका छन् । मठ मन्दिर, गुम्बा चैत्य, गढी किल्ला, तालतलैया वा जंगल भएका स्थानिय तहहरुले त पर्यटक भित्राएर मनग्य आम्दानि गर्ने सपना समेत बाँडिरहेका छन् । पर्यटनको नाममा १/२ कट्ठा जग्गामा तारबार गरेर बिरुवा रोपेर अनि सिमेन्टको बेन्च बनाएर पार्क नाम दिएर उद्घाटन गर्ने, पोखरी/तालमा डुंगा राखेर केहिदिन चलाएर थन्काउने प्रवृति बढ्दै गएको छ । मिनी फेवाताल, मिनी दार्जिलिंग, मिनी मानसरोबर, मिनी सुपादेउराली र यस्तै यस्तै नाम दिएर संरचनाहरु पनि बनाईरहेका छन् । पर्यटनको नाममा १÷२ लाख देखि ५०÷६० लाख सम्म स्थानीय सरकाररुले छुट्याएको पाइन्छ । यस्तो कार्यबाट कसैले पनि पर्यटकीय लाभ लिन सकेका छैनन् । स्थानीय वासिन्दाहरु एक दुई पटक फोटो खिच्न गएपनि त्यस्ता ठाउँमा गएर बस्ने, लामो समय बिताउने र पैसा खर्च गर्ने पर्यटकहरु पुग्दै पुग्दैन् । पालिकाहरुले तामझाम गर्दा आनो ठाउमा पर्यटनबाट लाभ प्राप्त हुने भयो भनेर उत्साहित भएका नागरिकहरु केहि समयपछि स्थानीय सरकारले अनावस्यक खर्च गरेको भन्दै सरकारकै विरुद्धमा ओर्लिन बाध्य हुन्छन् ।

सामान्य नागरिक मात्र नभई प्रदेश सरकार समेत पर्यटन के हो? र पर्यटनबाट कसरि लाभ लिने भन्ने कुरा नबुझेको देखिन्छ । लुम्बिनी प्रदेश सरकार स्थापनाका ५८ महिनामा प्रदेश सरकारका वन तथा वातावरण, ग्रामिण तथा शहरी विकास मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गरि १७ सय वटा पर्यटन सम्बन्धि कार्यक्रम र योजनाहरु ल्याईसकेका छन् । ति योजनाहरुमा मठ मन्दिर जिर्णोद्वार, रंग रोगन, वृक्षारोपण, पार्क निर्माण , बगैचा निर्माण जस्ता कामहरुदेखी भ्यु टावर निर्माण, डाडामा चढ्ने सिढी निर्माण जस्ता कामहरु छन् । वडा स्तरबाट हुने यस्ता कामको लागि प्रदेशका माननियहरुले प्रदेश सरकारसंग बजेट माग्छन र सबैलाई खुशी पार्न भनेर प्रदेश सरकारले पनि बजेट दिन्छ । यस्ता योजनाबाट कुनै ठाउँ केहि समयको लागि सुन्दर त् बन्लान, तर यसले पर्यटकलाई ल्याउन भने सक्दैन । प्रदेश सरकारको पर्यटन अदुरदर्शिता उसका महत्वपूर्ण भनिएका कार्यक्रमहरु हेर्दा पनि छर्लंग हुन्छ । लुम्बिनी पर्यटन प्रवर्धन गर्ने भन्दै लुम्बिनीमा लगेर खिर खुवाउने, लाखौ पर्यटकलाई सुविधा दिने भन्दै दांगको घोरदौना जस्ता ठाउँमा लाखौ खर्चेर सास्कृतिक डबली बनाउने, मानसरोबरको प्रतिमूर्ति बनाउने, भिजिटर गाईड भन्दै गुगल सर्चमा लैजाने एप बनाउने जस्ता कामहरु प्रदेश सरकारले गरेको देखियो, जुन कामले पर्यटकीय प्रतिफल दिन सक्दैनन् ।

कुनकुन पर्यटकीय सम्पदा हुन् ? कस्ता मानिसहरु पर्यटक हुन् ? पर्यटनबाट कसरि लाभ लिने भन्ने बारेमा सरकारका विभिन्न तहमा बस्नेहरुदेखी आम समुदायमा समेत भ्रम र अन्यौलता भएको पाइन्छ । कुनै ठाउँमा केहि कुरा राम्रो लागेर कोहि मानिस वा मानिसको समुह हेर्न आउँछन, केहि समय बसेर फोटो खिचेर फर्कन्छन भने त्यसलाई पर्यटन मान्न सकिदैन । कुनै मन्दिर दर्शन गर्नको लागि हजारौ मानिसहरु आउछन र पुजा गरेर फर्कन्छन भने त्यसलाई पर्यटन मानिदैन । पर्यटनमा तीनवटा कुराहरु हुनै पर्छ । पहिलो कुरा पर्यटकलाई आकर्षित गर्न सक्ने कुनै सम्पदा र त्यससंग जोडिएका सहायक सम्पदाहरु हुनुपर्छ । ति सम्पदाहरु बताउने कथा, प्रचार प्रसार र पूर्वाधार हुनुपर्छ । दोश्रो कुरा पर्यटकीय सम्पदाहरु हेर्न आउने पर्यटकहरु हुनुपर्छ । कुनै ठाउँमा पुग्ने सबैजना पर्यटक हुदैनन् । कुनै ठाउँमा जन्ती वा मलामी गएको बेलामा यहाको चर्चित ठाउँ, मन्दिर वा तालतलैया हेरौ न त भनेर जानेहरु पर्यटक होइनन् । नातेदारको घरमा जाँदा त्यहाँको ठाउँ घुम्न जानेहरु पनि पर्यटक हैनन् । कुनै ठाउँमा गएर वा घुमफिरको क्रममा कम्तिमा एकदिन बिताउने र कम्तिमा पनि त्यहाँको प्रचलित ज्याला बराबरको आम्दानी सेवाप्रदायकले प्राप्त गर्नेगरी खर्च गर्नेहरु मात्र पर्यटक हुन् । पर्यटक को हुन् र को होइनन भन्ने जान्नु जरुरि हुन्छ । तेश्रो महत्वपूर्ण कुरा हो सेवा तथा उत्पादन विक्री. पर्यटनबाट लाभ प्राप्त गर्नको लागि पर्यटकले रकम खर्चेर स्थानीय सेवा लिएको र वस्तुहरु खरिद गरेको हुनैपर्छ । पर्यटकले लिने सेवा सुविधामा स्थानीय श्रम सिपले मुल्य प्राप्त गर्ने हुनुपर्छ । पर्यटकले स्थानीय गाईडको सुविधा लिने, होटलले पस्कने परिकारमा स्थानीय उत्पादनको बढी भन्दा बढी प्रयोग हुने, पर्यटकले खरिद गर्ने वस्तुहरु स्थानीय उत्पादनका हुने हो भने मात्र समुदायले पर्यटनबाट लाभ लिन सक्छन् ।

नेपालमा पर्यटनले व्यवसायको रुप लिदैछ, समुदाय पनि पर्यटनबाट लाभ लिने कुरामा सचेत देखिएका छन् । तर के के पर्यटकीय सम्पदा हुन्, ति सम्पदालाई कसरि पस्कने? पर्यटक को हुन् ? पर्यटनबाट कसरि लाभ लिन सकिन्छ भन्ने कुराको जानकारी नहुदा सबै कुराहरुलाई पर्यटन भन्ने, विश्लेषण नगरी लगानी गर्ने र तत्कालै लाभ प्राप्त नहुदा हतोत्साही हुने प्रवृति देखा परिरहेको छ, जुन कुरा पर्यटनको लागि मात्र नभएर आर्थिक विकासको लागि पनि अशुभ संकेत हो । स्थानीय क्षेत्रका पर्यटकीय सम्भावनाहरु के के छन् ? भनेर खोजी गर्ने काम स्थानीय सरकारको हो र त्यसमा पर्याप्त लगानी गर्नुपर्ने दायित्व संघीय र प्रदेश सरकारको हो । समुदायको काम पर्यटकीय सेवाको लागि तयारि गर्नु हो ।

पर्यटकलाई आना वस्तु तथा सेवाहरु कसरि पस्कने र त्यसबाट कसरि लाभ लिने भन्ने कुराको पुर्वयोजना र तयारि गर्ने, अन्तरपालिका सहकार्य गर्ने, पर्यटनको दिगो विकासको लागि सरकारहरुलाई घच्घच्याउने हो भने पर्यटनबाट पक्कैपनि लाभ लिन सकिनेछ । मन्दिरको छेउमा, डाँडाको टुप्पोमा, ताल किनारामा बसेर सेल्फी खिचाउदैमा, मेला महोत्सवमा बदाम खादै पिंङ खेल्दैमा पर्यटन हुदैन, लाखौ मानिसहरु हात हल्लाउदै आनो गाउँको बाटोबाट अन्यत्र गएको हेरेर लाभ लिन सकिदैन समुदायले यति बुझे पर्यटनको शुरुवात हुनेछ ।

बुटवल टुडेबाट

प्रकाशित मितिः     ११ पुष २०७९, सोमबार ०९:०३  |