नेपालगन्ज । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घाेषणा गरि ब्यवस्थापन सम्हालिरहेकाे नेपालगन्जस्थित कर्णाली विकास बैंकले आइतबारसम्म बित्तीय काराेवार बन्द गरेकाे छ ।
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले सार्वजनिक सुचना जारी गरि (आइतबार) सम्मका लागी बैंकिंङ्ग कारोवार स्थगित गरेकाे जनाएको छ ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेर संस्था सञ्चालकको लागि ३ सदस्यीय व्यवस्थापन समूहले हाल संस्थाको व्यवस्थापन लिई सकेको छ ।
व्यवस्थापन समूहले संस्थाको सम्पूर्ण सम्पति र दायित्व आफ्नो जिम्मामा लिई वित्तीय हिसाब-किताब चेकजाँच गर्न शुरु गरिसकेको छ । सो कार्य सम्पन्न गर्न केही समय लाग्ने भएको हुँदा मिति २०८१/०९/१४ गते (आइतबार) सम्मका लागी बैंकिंङ्ग कारोवार स्थगित गरिएको जनाएको हाे ।
निक्षेप रकम भुक्तानी र नियमित बैंकिङ्ग कारोवार सञ्चालन प्रयोजनार्थ बैंक तथा वित्तीय संस्था लगायत सम्बन्धित अन्य पक्षहरुसँग विभिन्न विकल्पहरुमा निरन्तर छलफल भई रहेको राष्ट्र बैंकले गठन गरेकाे ब्यवस्थापन समुहले जनाएको छ ।
उपलब्ध सम्पुर्ण उपायहरु अवलम्बन गरी यथाशिघ्र तोकिए अनुसार निक्षेपकर्ताबाट भुक्तानी माग भए बमोजिम क्रमशः भुक्तानी गर्दै जाने छ । साथै, सम्पुर्ण बैंकिंङ्ग कारोवारहरु सोही अनुसार यथाशिघ्र नियमित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिएको छ । सबै पक्षबाट पुऱ्याउनु भएको सहयोगका लागी धन्यवाद दिदै थप सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।