लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई जग्गा पाउनै गाह्रो


नेपालगन्ज । गत बिहिबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान भवनको अवलोकन भ्रमण गर्नुभएको छ।

उक्त अवलोकन कार्यक्रममा यस विश्वविद्यालयका निवर्तमान सहकुलपति एवम् प्रदेश सभा सदस्य रत्न बहादुर खत्रीको पनि थियाे ।

भ्रमणका क्रममा मुख्यमन्त्री आचार्यले नेपालगन्जको धम्बोझीमा आवस्थित कृषि विकास बैंकको लिजमा लिएको भवनमा इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गत सञ्चालित शैक्षिक कार्यहरूको अवलोकन गर्नुभयो।

यद्यपि यो अस्थायी संरचना भए पनि, उहाँले सोही भवनभित्र स्थापना गरिएका इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका शैक्षिक क्रियाकलापहरूको प्रत्यक्ष जानकारी लिनुभयो।

विशेष गरी, आचार्यले विश्वविद्यालयले उपलब्ध सीमित क्षेत्रमै तयार पारेका प्रयोगशालाहरू भौतिक प्रयोगशाला, रसायन प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, सिभिल इन्जिनियरिङ, र मेकानिकल प्रयोगशाला लगायतका विभिन्न विषयगत प्रयोगशालाहरूको निरीक्षण गर्नुभएको बिश्वबिद्धालयले जानकारी दिएको छ ।

यी प्रयोगशालाहरूमा राखिएका उपकरण, सामग्री र विद्यार्थीहरूको लागि तयार पारिएको सिकाइ वातावरण प्रति विशेष चासो राख्नुभयो। यसका साथै, विद्यार्थीहरूको अध्ययनका लागि आवश्यक पुस्तकालय र शैक्षिक गतिविधि सञ्चालन भइरहेका कक्षाकोठाहरूको पनि उहाँले अवलोकन गर्नुभयो, जहाँ विद्यार्थीहरूले सक्रिय रूपमा अध्ययन गरिरहेका थिए।

अवलोकनका क्रममा मुख्यमन्त्रीले विद्यार्थीहरूसँग प्रत्यक्ष छलफल गरी उनीहरूको पठनपाठन र अनुभवबारे संक्षिप्त जानकारी लिनुभयो।

इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिनको कार्यकक्षमा मुख्यमन्त्रीज्यूलाई स्वागत गरिनुका साथै नवनियुक्त पदाधिकारी डिन, डा. निरज के.सी., निर्देशक, अनुसन्धान बाह्य सम्बन्ध तथा ज्ञान प्रचार केन्द्र, डा. प्रदिप कर्ण, परीक्षा नियन्त्रक जेन्टिल गौतम तथा कर्मचारीहरूसँग परिचयात्मक र अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो।

यस भेटमा उहाँले विश्वविद्यालयको पठनपाठन सम्बन्धी जानकारी, विद्यार्थीका हालका संख्या लगायतका विषयमा जानकारी लिनुभयो। साथै, विश्वविद्यालयको दीर्घकालीन विकासका लागि जग्गा प्राप्तिका विषयमा आवश्यक रणनीतिका लागि मुख्यमन्त्री र पदाधिकारी विच छलफल भयो।

प्रकाशित मितिः     २९ असार २०८२, आईतवार १६:५९  |