
रुपईडीहा, भारत — भारत–नेपाल सीमा क्षेत्रमा रहेको नेपालगन्ज रोड (रुपईडीहा) रेलवे स्टेशनबाट ऐतिहासिक रेल सेवा सञ्चालनमा आएको छ। उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालगन्ज रोड–वाराणसी सिटी उद्घाटन विशेष रेललाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरे । कार्यक्रममा भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव भिडियो कन्फरेन्समार्फत सहभागी भए ।
नेपालकाे सिमामा रेल सेवा उद्घाटन गर्न आएका मुख्यमन्त्री,रेल मन्त्री सहितका बक्ताहरुले रसुवा प्रलयमा परेकाे नेपाल र नेपालीलाई सम्झिदै एक्लो महसुस नगर्न ढाडस दिए । याेगीले शुरुमै नेपालकाे प्रशंगबारे बाेल्दै आफूहरु अहिले नेपालीको साथमा रहेकाे बताए । आफुहरु जस्ताेसुकै सहयाेग गर्न तयार रहेकाे भन्दै ढाडस दिए । नेपाल र भारतबीचकाे सम्बन्ध राजनीतिक मात्रै नभएको बताउदै याेगीले धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध गासिएको उल्लेख गर्दै पशुपति नाथ,गाेरखा,जानकी मन्दिरमा दुवै देशका नागरिकले पुजाआजा गर्ने बताए ।
साेही क्रममा बाेलेका रेलमन्त्री बैष्णवले अहिले आफुहरु नेपालीको साथमा रहेकाे बताए ।
भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालगन्ज रोड–वाराणसी सिटी उद्घाटन विशेष रेललाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरे । कार्यक्रममा भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव भिडियो कन्फरेन्समार्फत सहभागी भए ।

रेल उद्घाटनमा नेपालकाे रसुवा बिपत्तिमा निधन हुनुभएकाप्रति सम्झनामा माैनधारण गरियाे भने रेललाई पनि श्रृङ्गारपटार गरिएको थिएन ।
करिब १३७ वर्ष पुरानो यो नेपालगन्जराेड रेलमार्ग अंग्रेजको शासनकालमा नेपालसंग रेल सेवा सम्पर्कका लागि बनाएको हो । भारतीय मात्रै होइन याे रेल सेवाकाे बिस्तारले नेपालीलाई पनि प्रत्यक्ष फाईदा पुग्ने छ । रेलमार्गलाई आधुनिक रूप दिँदै बहराइच–नानपारा–नेपालगन्ज रोड रेलखण्डमा ब्रडगेज तथा विद्युतीकृत रेल सेवा सुरु गरिएको हो।
उद्घाटनसँगै नेपालगन्ज रोडबाट वाराणसी, गोरखपुर, गोण्डा र बहराइचलगायत प्रमुख शहरसम्म प्रत्यक्ष रेल सम्पर्क स्थापित भएको छ। यसबाट नेपालगन्जसहित सीमावर्ती क्षेत्रका नागरिकलाई भारतका विभिन्न शहरमा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
रेल सेवा विस्तारले भारत–नेपाल सीमावर्ती व्यापार, पर्यटन, धार्मिक यात्रा तथा सामाजिक सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

