
नेपालगञ्ज, भदौ १८ — रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पीडितहरूको राहत तथा उद्धारका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले ६ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
संघ तथा कार्यसमितिका सम्पूर्ण सदस्यहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीको नेतृत्वमा गएको टोलीले बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारीसमक्ष बैंकमा रकम जम्मा गरेको भौचर हस्तान्तरण गरेको संघले जनाएको छ।

संघले विपद्को यस घडीमा रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि उद्योगी, व्यवसायी तथा सम्बन्धित सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिलसमेत गरेको छ।

