
नेपालगन्ज । बुद्ध एयरले आफ्नो फ्लीटमा नयाँ ATR 72-600 विमान (9N-AOS) थपेको छ। नयाँ विमानले शुक्रबारदेखि बुद्ध एयरसँग व्यावसायिक उडान सुरु गरेको हो।
9N-AOS ले आफ्नो पहिलो उडानका रूपमा काठमाडौं–नेपालगन्ज रुटमा उडान भरेको छ। उक्त उडानमा ६६ जना यात्रु सवार रहेका थिए।
नयाँ विमान फ्लीटमा थपिएसँगै नेपालका विभिन्न गन्तव्यबीचको हवाई कनेक्टिभिटीलाई थप सुदृढ बनाउने बुद्ध एयरले जनाएको छ। कम्पनीका अनुसार नयाँ विमानले यात्रालाई अझ सहज, आरामदायी र भरपर्दो बनाउन सहयोग पुग्नेछ।
बुद्ध एयरले नयाँ फ्लीट सदस्यको आगमनसँगै आन्तरिक हवाई सेवाको क्षमता विस्तार गर्दै यात्रुहरूलाई थप सहज सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

9N-AOS को पहिलो उडान काठमाडौं–नेपालगन्जबाट सुरु भएको हो।


