
नेपालगन्ज । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न प्रकारका बचत खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार बचततर्फका सबै उल्लेखित खातामा वार्षिक १ प्रतिशत ब्याजदर कायम गरिएको छ।
बैंकको ब्याजदरसम्बन्धी सूचनाअनुसार साधारण बचत, विशेष बचत, ज्येष्ठ नागरिक बचत, बालबालिका/महिला बचत, विपन्न वर्ग सहयोगी बचत र विद्यार्थी बचत खातामा वार्षिक १ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।
त्यस्तै, बैंकले सञ्चालनमा ल्याएका कर्णाली बचत, कर्णाली खत्रुके बचत, कर्णाली विशेष बचत, कर्णाली सजिलो बचत, कर्णाली नौलो बचत, कर्णाली सुपर सेभिङ अकाउन्ट र कर्णाली समृद्धि बचत खाता मा पनि वार्षिक १ प्रतिशत नै ब्याजदर तोकिएको छ।
यसैगरी सरकारी कोष बचत, कर्मचारी बचत, कर्णाली सरल बचत, कर्णाली इम्प्लोइज बचत, कर्णाली अक्षयकोष बचत तथा कर्णाली रेमिट बचत खातामा पनि वार्षिक १ प्रतिशत ब्याजदर लागू हुने बैंकले जनाएको छ।
न्यूनतम मौज्दातमा फरक व्यवस्था
बैंकले विभिन्न बचत खाताका लागि न्यूनतम मौज्दात भने खाताको प्रकृतिअनुसार फरक तोकेको छ। साधारण, विशेष, ज्येष्ठ नागरिक, बालबालिका/महिला, विपन्न वर्ग सहयोगी तथा विद्यार्थी बचत खातामा न्यूनतम ५०० रुपैयाँ मौज्दात आवश्यक पर्ने उल्लेख छ।

त्यस्तै, कर्णाली बचत र कर्णाली समृद्धि बचत खातामा २ हजार रुपैयाँ, कर्णाली सुपर सेभिङ अकाउन्ट र कर्णाली इम्प्लोइज बचतमा १ हजार रुपैयाँ न्यूनतम मौज्दात तोकिएको छ।
कर्णाली सजिलो बचतमा न्यूनतम १०० रुपैयाँ मौज्दात आवश्यक पर्नेछ भने सरकारी कोष बचत र कर्मचारी बचत खातामा न्यूनतम मौज्दात शून्य राखिएको छ। अन्य केही बचत खातामा न्यूनतम मौज्दात ५०० रुपैयाँ तोकिएको बैंकको सूचनामा उल्लेख छ।
असोज १ गतेदेखि लागू
बैंकले सार्वजनिक गरेको ब्याजदर असोज १ गतेदेखि प्रभावकारी हुने उल्लेख छ। कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य कार्यालय नेपालगन्जमा रहेको छ। बैंकको सूचनामा आफूले सञ्चालन गरेका विभिन्न बचत योजनाको ब्याजदर समान १ प्रतिशत कायम गरिएको देखिन्छ।
यससँगै बैंकका ग्राहकले आफूले प्रयोग गरिरहेको बचत खाताको प्रकारअनुसार फरक ब्याजदर पाउने अवस्थाको सट्टा उल्लेखित सबै बचत खातामा वार्षिक १ प्रतिशत ब्याजदर पाउनेछन्। आर्थिक घाेटलाका कारण बैंकलाई नेपाल राष्ट्र बैंकले ब्यवस्थापन सम्हालिरहेकाे छ ।

