बुद्ध एयरको प्रोमो कोड अफर, नेपालगञ्जका यात्रुलाई १,२०० रुपैयाँसम्म छुट


 

नेपालगञ्ज । बुद्ध एयरले सीमित उडानमा यात्रुका लागि प्रोमो कोडमार्फत हवाई भाडामा छुट दिने भएको छ।

कम्पनीका अनुसार ‘BUDDHA’ प्रोमो कोड प्रयोग गर्दा नेपालगञ्जबाट उडान गर्ने यात्रुले रु. १,२००, भद्रपुरबाट रु. १,००० र धनगढीबाट उडान गर्ने यात्रुले रु. ८०० सम्म छुट पाउनेछन्।

यो छुट सीमित उडानमा मात्र लागू हुने बुद्ध एयरले जनाएको छ। यात्रुले बुद्ध एयरको वेबसाइटमार्फत टिकट बुक गर्दा BUDDHA प्रोमो कोड प्रयोग गर्नुपर्नेछ।

बुद्ध एयरले यात्रालाई सहज र सरल बनाउने उद्देश्यले उक्त अफर ल्याएको जनाएको छ।

प्रकाशित मितिः     ७ आश्विन २०८३, बुधबार १७:१३  |