सहकारी आफैंले चलायो कृषि फर्म, दैनिक सय लिटर बढी दुध बिक्री (भिडियो)


बाँके। सहकारीका सदस्यलाई ऋण लगानी गरेर व्यक्तिगत रूपमा पशुपालन गराउने अभ्यासभन्दा फरक रूपमा बाँकेको राप्तीसोनारी–२ कचनापुरस्थित जननी सामाजिक महिला उद्यमी सहकारी संस्था आफैं कृषि तथा पशुपालन व्यवसायमा लागेको छ।

सहकारीले करोड रुपैयाँभन्दा बढी लगानी गरेर तीन बिघा क्षेत्रफलमा कृषि फर्म सञ्चालन गरिरहेको छ। फर्ममा हाल २५ भन्दा बढी गाईभैंसी पालिएका छन् भने दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन तथा बिक्री हुँदै आएको छ।

सहकारीका सदस्यहरूले व्यक्तिगत रूपमा पशुपालन गर्ने अभ्यास रहे पनि यहाँ भने संस्थाले नै प्रत्यक्ष लगानी, व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको छ। फर्मलाई थप विस्तार गर्दै पशुपालनसँगै कृषि उत्पादन बढाउने योजना सहकारीको छ।

यो मोडलले सहकारीलाई केवल बचत तथा ऋणको कारोबारमा सीमित नराखी प्रत्यक्ष उत्पादन र रोजगारी सिर्जनासँग जोड्ने प्रयासका रूपमा देखिएको छ।

प्रकाशित मितिः     १७ आश्विन २०८३, शनिबार १४:२४  |