नेपालगन्ज । होटल, आतिथ्य, पर्यटन तथा स्थानीय अर्थतन्त्रको विकासलाई लक्षित गर्दै पौवा इन्भेस्टमेन्ट लिमिटेडले नेपालभर १०० वटा पौवा निर्माण गर्ने लक्ष्यसहित लगानी तथा आबद्ध हुने अवसर खुला गरेको छ।
कम्पनीले होटल तथा आतिथ्य क्षेत्रमा लगानी विस्तार गर्दै रोजगारी सिर्जना र दीर्घकालीन लगानीको आधार निर्माण गर्ने उद्देश्य राखेको जनाएको छ।
कम्पनीका अनुसार लगानीकर्ताले प्रारम्भमा कुल रकमको २० प्रतिशत, अर्थात् रु. १ लाखदेखि ५ लाखसम्म भुक्तानी गर्न सक्नेछन्। बाँकी ८० प्रतिशत रकम शेयर बुक गरी चार किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। प्रत्येक किस्ता २० प्रतिशत रहनेछ।

पौवा इन्भेस्टमेन्टले होटल तथा पर्यटन क्षेत्रमा स्थानीय स्रोत र जनशक्तिको उपयोग बढाउँदै लगानीको अवसर विस्तार गर्ने जनाएको छ।
कम्पनीले आफ्नो अभियानलाई ‘सानो लगानी, ठूलो आधार’ भन्ने नारासहित अघि बढाएको छ।

