नेपालगन्ज । वर्षातपछि बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सुरु भएको छ। संरक्षित वन्यजन्तु चौसिंगाको अवलोकनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा परिचित निकुञ्जमा सफारी सुरु भएसँगै पर्यटकलाई वन्यजन्तु, जैविक विविधता र प्राकृतिक सौन्दर्य नजिकबाट अनुभव गर्ने अवसर खुलेको छ।

बाँके राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा रहेको गाभर भ्याली पनि पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित छ। हरियाली जंगल, चुरे पहाडको फेदी, स्थानीय थारू तथा मुगाली संस्कृति र सामुदायिक होमस्टेका कारण यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।
जंगल सफारीसँगै पैदल यात्रा, चराचुरुङ्गी अवलोकन र स्थानीय संस्कृति अनुभव गर्न सकिने गाभर भ्यालीले पर्यटनमार्फत स्थानीय समुदायको आयआर्जन बढाउनसमेत योगदान पुर्याउँदै आएको छ।

निकुञ्जमा सफारी गर्न इच्छुक पर्यटकलाई समयमै बुकिङ गर्न आग्रह गरिएको छ।
सफारी बुकिङ तथा थप जानकारीका लागि सम्पर्क:
- ९८५८०२६५१७
- ९७४३७१३७९२
- ९७४७९१०७७५
स्थान : बाँके राष्ट्रिय निकुञ्ज तथा गाभर भ्याली, बैजनाथ, बाँके


