लुम्बिनी प्रदेशमा ५ खर्ब ९७ अर्बभन्दा बढी कर्जा प्रवाह,रुपन्देहीमा मात्रै ३ खर्ब ५५ कराेड


 

नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८२/८३ सार्वजनिक, रुपन्देहीमा सबैभन्दा बढी र रुकुम (पूर्व) मा सबैभन्दा कम कर्जा

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाले २०८३ असार मसान्तसम्म कुल ५ खर्ब ९७ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन २०८२/८३’ मा उल्लेखित तथ्यांकअनुसार समीक्षा अवधिमा रुपन्देही जिल्लामा सबैभन्दा बढी र रुकुम (पूर्व) जिल्लामा सबैभन्दा कम कर्जा प्रवाह भएको छ।

प्रतिवेदनअनुसार रुपन्देहीमा ३ खर्ब २७ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने रुकुम (पूर्व) मा १ अर्ब ५५ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

२०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तसम्म प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह बढेको छ। २०८२ असार मसान्तमा कुल कर्जा प्रवाह ५ खर्ब ७७ अर्ब २७ करोड ६० लाख ९० हजार रुपैयाँ रहेकोमा २०८३ असार मसान्तमा बढेर ५ खर्ब ९७ अर्ब ९९ करोड ४० लाख ५० हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

जिल्लागत विवरणअनुसार रुपन्देहीपछि दाङमा ३७ अर्ब ७५ करोड ७० लाख ४० हजार रुपैयाँ, पश्चिम नवलपरासीमा ३७ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ र पाल्पामा ११ अर्ब ३३ करोड २१ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ।

त्यस्तै, बाँकेमा ११ अर्ब ७३ करोड ४५ लाख १० हजार रुपैयाँ र बर्दियामा १८ अर्ब २९ करोड १० लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह भएको तथ्यांकले देखाउँछ।

अन्य जिल्लामा कपिलवस्तुमा ३० अर्ब ७५ करोड ६५ लाख १० हजार रुपैयाँ, गुल्मीमा ७ अर्ब २२ करोड ९१ लाख ९० हजार रुपैयाँ, प्यूठानमा ६ अर्ब ७७ करोड ५० लाख ९० हजार रुपैयाँ, अर्घाखाँचीमा ३ अर्ब ६५ करोड २६ लाख ९० हजार रुपैयाँ र रोल्पामा ३ अर्ब ४६ करोड ५२ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ।

रुकुम (पूर्व) मा १ अर्ब ५५ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो प्रदेशका जिल्लामध्ये सबैभन्दा कम हो।

प्रकाशित मितिः     १३ कार्तिक २०८३, बिहीबार ०६:५४  |