लुम्बिनीबाट वैदेशिक रोजगारीमा जानेको संख्या १ लाख ४५ हजार नाघ्यो


Ai तस्बिर

 

नेपालगन्ज । आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशबाट १ लाख ४५ हजार ९ सय ६८ जना वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदन अनुसार यो संख्या कुल श्रम स्वीकृतिको १८.४३ प्रतिशत हो । प्रदेशबाट वैदेशिक रोजगारीमा जानेमध्ये पुनः श्रम स्वीकृति (Re-entry) सहितको संख्या १ लाख ४५ हजार ९ सय ६८ रहेको छ भने पुनः श्रम स्वीकृति बाहेकको संख्या ७४ हजार ४ सय १० रहेको छ ।

जिल्लागत रूपमा सबैभन्दा धेरै रुपन्देहीबाट २५ हजार ३ सय ११ जना वैदेशिक रोजगारीमा गएका छन् । यो लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कुल संख्याको १७.३४ प्रतिशत हो ।

त्यसपछि दाङबाट १९ हजार ९६ जना, कपिलवस्तुबाट १६ हजार ३ सय ३४ जना, गुल्मीबाट ११ हजार ९ सय १७ जना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट ११ हजार ६ सय १३ जना र बाँकेबाट ११ हजार ७ सय ४१ जना वैदेशिक रोजगारीमा गएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै पाल्पाबाट १० हजार ९ सय ४ जना, अर्घाखाँचीबाट १० हजार ४ सय ६८ जना, बर्दियाबाट १० हजार १ सय ७० जना, रोल्पाबाट ९ हजार ६ सय ७७ जना, प्युठानबाट ६ हजार ५ सय ७१ जना र रुकुमपूर्वबाट २ हजार १ सय ६६ जना वैदेशिक रोजगारीमा गएका छन् ।

रुकुमपूर्वबाट गएको संख्या प्रदेशमा सबैभन्दा कम हो । यसको हिस्सा १.४८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लागत श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित):

  • रुपन्देही : २५,३११
  • दाङ : १९,०९६
  • कपिलवस्तु : १६,३३४
  • बाँके : ११,७४१
  • गुल्मी : ११,९१७
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : ११,६१३
  • पाल्पा : १०,९०४
  • अर्घाखाँची : १०,४६८
  • बर्दिया : १०,१७०
  • रोल्पा : ९,६७७
  • प्युठान : ६,५७१
  • रुकुमपूर्व : २,१६६

स्रोत : नेपाल राष्ट्र बैंक, आर्थिक गतिविधि अध्ययन २०८२/८३, लुम्बिनी प्रदेश; वैदेशिक रोजगार विभाग ।

प्रकाशित मितिः     २८ कार्तिक २०८३, शुक्रबार १८:४६  |