नेपाल न चौकीदार आपूर्तिकर्ता हो न भारतको आज्ञाकारीः ब्लग
राजेश जोशी सम्पादक, बीबीसी हिन्दी रेडियो
यो वाक्यमा लुकेको अभिमान र घमण्डलाई हेर्नूस्- "चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ।"
भारतको आम आदमी पार्टीकी विधायक अलका लाम्बाको यो ट्वीटमा समावेश 'मगाउन सक्छौँ' भन्ने कुरामा अलि ध्यान दिनूस् त।
आवाज आउँछ - हामी मालिक हौँ, हामीसँग अथाह पैसा र शक्ति छ, हामी जहाँबाट पनि जे मगाउन सक्छौँ। नेपालबाट चौकीदारबाहेक हामी अरू के नै मगाउन सक्छौँ?
हुन त स









