होन्डाका मोटरसाइकल किस्तामा किन्दा ब्याज नलाग्ने, साथमा आकर्षक छुट
काठमाडौं । होन्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्राइभेड लिमिटेडले आफ्नो कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहनेलाई विना व्याजदरमा कर्जा प्रबाह गर्ने अफर ल्याएको छ ।
कम्पनीले आफ्ना सबै मोडलमा उपलब्ध गराउने भएको उक्त अफर बमोजिम ग्राहकले कर्जामा बाइक किन्दा ब्याज तिर्नुपर्ने छैन । यतिमात्रै नभई कम्पनीले बाइक तथा स्कुटरको मूल्यमा ४ हजार ५ सय रुपैयाँ नगद छुट दिने घोषणा