८ कारण अल्टो ८०० सधै चर्चामा, नेपालमा बिक्री हुन्छ मासिक २०० यूनिट
काठमाडौं । भारतमा बनेको पहिलो कार मारुती ८०० उत्पादन सुरु भएको ३६ वर्ष पुरा भइसकेको छ । स्थापना कालदेखि नै आफ्नो स्थानलाई चच्च राख्न सफल यो कारले धेरै सफलताको स्वाद चाखिसकेको छ । यस बीचमा कम्पनीले कयौं पटक यसको स्वरुप र इन्जिनमा परिमार्जन गरेको छ । तर, यसको बिक्रीमा भने कहिल्यै कमी आएको छैन । सन् १९८३ बाट उत्पादन सुरु भएको मारुती अल्टो ८०० नेपाली बजारमै भित्रिएको झन्डै तीन दशक पूरा हुन लागेको छ









