कर्णाली बैंक ‘डुबाउने’ पक्राउ परेनन्
नेपालगन्ज । कर्णाली विकास बैंक समस्याग्रस्त घाेषणा भई नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हालेकाे तीन महिना पुग्न लाग्दा समेत बैंक 'डुबाउने' कार्यमा संलग्न पक्राउ परेका छैनन् । प्रहरी सहित राष्ट्र बैंकका अधिकारीहरु अनुसन्धानमै जुटेका छन् ।
पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको तथ्य









