२२ वाणिज्य बैंकले दिए सरकारी कोषमा साढे २५ करोड
काठमाडौं। सञ्चालनमा रहेका २७ मध्ये २२ वाणिज्य बैंकले सरकारी राहत कोषमा आर्थिक सहयोग गरेका छन्। बाँकी बैंकले पनि सहयोगका लागि आन्तरिक छलफल गरिरहेका छन्।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा त्यसको रोकथाम एवं नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत गठित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा बैंकले आर्थिक









