राष्ट्र बैंकले गर्यो नीतिगत व्यवस्था, बैंकमा सुन राखे ब्याज
वाणिज्य बैंकहरुमा सुन राखेर नागरिकले अब ब्याज पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो । यस नीतिगत व्यवस्थासँगै वाणिज्य बैंकहरुले कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन संकलन गर्न पाउने भएका छन् ।
यसरी सुन निक्षेपका रुपमा संकलन गरेपछि ग्राहकलाई त्रैमासिक रुपमा व्याज भु









