सुन बैंकमा राख्दा उल्टै पाइन्छ ब्याज: बैंकिङ प्रणालीमा तरलता बृद्धि हुने, निर्देशिका बन्ने
काठमाडौं। धितो राखेर ऋण झिक्न मात्र पाइँदै आएको सुनचाँदीबाट उल्टै ब्याज पाइने ब्यवस्था अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्। चार बर्षअघि यस्तो स्किम भारत सरकारले सुरु गरेको थियो। भारतीय अध्ययन अनुसार, ब्याज आर्जन गर्ने गरी सुन राख्दाखेरी बैंकहरुको निक्षेप परिचालनमा सुधार भएको छ। ठ्याक्कै त्यही मोडेलमा अर्थमन्त्री खतिवडाले सुनचाँदी बैंकमा जम्मा गरेर ब्याज आर्जन गर्न सकिने ब्यवस्था गरेका हुन्।









