स्थानीय तहबाट सहकारी अनुगमन सम्भव होला ? सहकारी कारोबार असुरक्षित बन्नेमा चिन्ता
नेपालगन्ज : बचत तथा ऋण सहकारी संघसंस्थाको अनुगमन गर्न तथा नियमन गर्न छुट्टै नियमन निकाय गठन गर्न विभिन्न अध्ययन समितिले दिएको सुझावका सम्बन्धमा सरकारले चासो दिएको छैन् ।
यसअघि सहकारीका समस्या अध्ययन गर्न आधा दर्जन समिति गठन भई छुट्टा छुट्टै तरिकाले अध्ययन भएको थियो । सबै समितिले अध्ययन पछि सरकारलाई छुट्टै अनुगमन गर्ने संयन्त्र बनाएर अघि बढन सुझाव दिएका थिए । तर सरकारले समितिहरुले दिएको सुझावलाई









